काठमाडौं जेठ ३१ | कानुनीरुपमा रेमिट्यान्स पठाउने नेपालीलाई इज्जत प्रदान गरेको छ ओली सरकारको बजेटले रेमिट्यान्स मार्फत घरजग्गा किन्ने नागरिकले रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट पाउने भएका छन् । तर, घरजग्गा खरिद गर्दा उक्त रेमिट्यान्स बैंक मार्फत आएको खुलाउने प्रमाणपत्र अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । त्यही प्रमाणपत्रका आधारमा नागरिकहरूले सरकारले आहान गरेका अन्य परियोजनामा पनि लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । धेरैभन्दा धेरै रकम बैंकिङ प्रणाली (औपचारिक माध्यम) मार्फत ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो । हाल नेपाल भित्रने रेमिट्यान्सको करिब ६० प्रतिशत मात्र बैंकिङ प्रणालीबाट आउने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । बाँकी ४० प्रतिशत हुन्डीलगायत अन्य गैरकानूनी माध्यमबाट भित्रने गरेको छ । त्यसलाई निरुत्साहित गर्न सरकारले रजिस्ट्रेसन शुल्कमा छुट दिने नीति ल्याएको हो । सरकारले वितरण गर्ने सार्वजनिक र कल्याणकारी क्षेत्रमा वितरण गरिने रकम बैंक मार्फत पुर्याउने व्यवस्था गरेको छ । त्यसका लागि सबै नागरिकलाई बैंक खाता खोल्न प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख छ । ‘सबै नेपालीको बैंक खाता अभियान सञ्चालन गरिनेछ,’ बजेटमा भनिएको छ, ‘यसका लागि राष्ट्र बैंक मार्फत शून्य मौजदातमा खाता खोल्ने व्यवस्था मिलाइनेछ ।’
वैध रेमिटेन्स पठाउनेलाई ओली सरकारले दिएको यो छुटबारे तपाइलाई थाहा छ ?
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...