तर प्रशिक्षक ओस्कार तावेजले उनलाई पहिलो ११ मा राखेनन्।
पहिलो हाफमा गरेको एक गोलले पछाडि परेको उरुग्वेले खेलमा फर्कने प्रयास गरिरहदाँ स्वारेजले दोस्रो हाफमा आफूलाई अतिरित्त खेलाडीका रुपमा मैदानमा उतार्न आग्रह गरे। तर प्रशिक्षक तावेजले उनको प्रस्ताब अस्विकार गरिदिए। प्रशिक्षक तावेजले अतिरिक्त खेलाडीहरुको रुपमा डिएगो रोलान, निकोलस लोडरियो र माटिरस कोरुजोलाई मैदानमा उतारेका थिए।
स्वारेजले मैदान प्रवेश गर्न नपाएको निहुँमा डगआउटमा मुक्का मात्र प्रहार गरेनन् उनले अतिरिक्त खेलाडीले लगाउने एप्रोनसमेत उतारेर फालेका थिए। टिमको प्लेइङलिस्टमा स्वारेजको नाम शून्य नम्बरमा मा लखिएकाले उनले खेल्न पाउने थिएनन्।
यता प्रशिक्षक टावेजले भने आफूले पूर्ण रुपमा फिट भएका खेलाडीहरुलाई मात्रै मैदानमा उतारेको बताए। साथै उनले स्वारेज पूर्ण रुपमा फिट नभएकाले उनलाई मैदानमा नउतारेको बताउँदै उनी रिसाउँदैमा आफूलाई कुनै फरक नपर्ने पनि बताए।
केही हप्ताअघि मात्र मांस्सपेसि च्यातिएपछि स्वारेजको शल्यक्रिया गराएका थिए। यसअघि पनि स्वारेज खेल दौरान अमर्यादित कार्य गरेकोमा बेला बेलामा विवादमा आइरन्थे।
खेल्न नपाएको झोकमा स्वारेजले मुक्का बजार्दा !
क्यालिर्फोनीया— आफू फिट रहदाँ पनि प्रशिक्षकले लगातार दोस्रो खेलमा समेत टिममा समावेश नगरेपछि उरुग्वेका लुइस स्वारेजले रिसमा डगआउटमा मुक्का हानेका छन्। कोपा अमेरिकाअन्तर्गत पहिलो खेलमा मेक्सिकोविरुद्धको खेलमा फिट नभएको भन्दै खेल खेल्न नपाएका स्वारेजले भेनेन्जुएलाविरुद्धको खेलमा खेल्न पाउने विश्वास लिएका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...