काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुने बताएका छन् ।
पेशागत महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७४ सालभित्र सङ्क्रमणकालको अन्त्य गरी मुलुकलाई विकास निर्माणतर्फ डोर्याउने बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारको विचार, बाटो र गन्तव्य स्पष्ट भएको दाबी गरे ।
“यो सरकार १०४ वर्षे राणा शासन होइन, २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो पनि होइन,” उहाँले भन्नुभयो – “वर्तमान सरकार संसद्बाट बनेको हो । मन नपरे त्यहीँबाट फेरिन्छ ।”
उनले विभिन्न पेसमा लागेका बुद्धिजीवीले अधिकार मात्र खोज्ने होइन कर्तव्यतर्फ समेत ध्यान दिनुपर्छ भने ।
उद्घाटन समारोहमा १६ देशका प्रतिनिधिको सहभागिता देखिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...