नेपाललाई टेष्ट मान्यता दिन आइसीसीमा प्रस्ताव
जेठ २०, अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरे पनि नेपाली क्रिकेटको विकासको लागि नयाँ अबधारणा अघि सारेको छ ।
च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको लागि छलफल गर्ने क्रममा आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनले क्रिकेट यो प्रतियोगिता १० राष्ट्रको मात्र खेल नभई आइसीसीसंग सम्बन्धित सबै राष्ट्रको खेल भएकाले उनीहरुलाई पनि अवसर दिनु पर्ने बताएका छन् ।
उनले नेपाल, क्यानडा अफगानिस्तान अमेरिका जस्ता एसोसियट राष्ट्रहरु पनि सक्षम रहेको भन्दै उनीहरुलाई पनि समेत टेस्ट मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन् । आइसीसीमा १०६ राष्ट्रको आबद्धताता छ ती सबै देश टी ट्वान्टी खेल्न सक्षम रहोस ।
उनले टेष्ट क्रिकेट अस्ट्रेलिया र इंगल्याण्डले खेल्ने फर्म्याट नभई हामीले नेपाल अमेरिका अफगानिस्तान जस्ता राष्ट्रहरुलाई पनि टेस्ट खेल खेल्ने अवसर दिनुपर्छ भन्दै यो प्रस्ताव आइसीसीमा प्रस्तुत गर्ने बताए । सबै राष्ट्रहरुले टी ट्वान्टी खेलेपछि टप ३०/३५ राष्ट्रहरुबीच वान डे फर्म्याटमा एक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउनुपर्ने धारणा रिचार्डसनले राखे ।
त्यस्तै टेष्ट फर्म्याटमा भने टप १८ राष्ट्रहरु समावेश गर्दै खेल खेलाए क्रिकेटको विकास हुने पनि उनले बताए । टप १८ राष्ट्रले आइसीसी इन्टर कन्टिनेन्टल वा टेस्ट लिग जस्ता खेलहरु खेलाउनुपर्ने उनको प्रस्ताव छ ।
रिचार्डसनले अब चाडै नै आइसीसीले क्रिकेट विकासको लागि नयाँ विचार तथा धारणाहरु अघि सार्ने भन्दै क्रिकेट विकासको लागि आइसीसी सधै तत्पर रहेको र यदि घरेलु टी ट्वान्टी प्रतियोगिता भयो भने नयाँ अनुहारहरुले पनि अवसर प्राप्त गर्ने बताए । उनले यस विषयमा आइसीसीले छिट्टै छलफल गर्ने धारणा ब्यक्त गरे ।नेपालजापान डटकमबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...