झण्डै अढाई महिना उपचार पश्चात २५ वर्षीया सुकमायाको आज मध्यान्न १२ बजे निधन
मोरङ राजघाट—७ आसामेटोल घर भई पथरी बस्दै आएकी मृगौला रोगबाट पीडित सुकमाया लिम्बूको आज मंगलबार निधन भएको छ । विराटनगरस्थित नोबेल हस्पिटलमा झण्डै अढाई महिना उपचार पश्चात हस्पिटलले घर लान सल्लाह दिएपछि घर ल्याइएको २ दिनमै २५ वर्षीया सुकमायाको आज मध्यान्न १२ बजे निधन भएको हो ।
सकुमायाको उपचारका लागि देश, विदेशबाट सहयोग जुटेको थियो । तर अथक प्रयास गरेपनि जोगाउन नसकिएको पारिवारले जनाएको छ । राजघाटबाट सहयोग संकलनमा अगुवाई गरेका राजकुमार योन्जनले सुकमायाको उपचारमा सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दै मृत्युसँगको संघर्ष जित्न नसकेको बताए । ुपैसाको कारण उपचार त रोकिएन मेचीदेखी महाकालीसम्मका नेपाली दाजुभाईले सहयोग गरिदिनुभयो, तर दैवको लिला सुकमायालाई बचाउन सकिएन्, योन्जनले दुखित हुँदै भने ।
सुकमायाको भाई रोहिनले विदेशबाट झण्डै ८ लाख रुपैंया सहयोग भएको बताए । तर उपचारको क्रममा सबै रकम सकिएको र परिवारलाई पनि ऋण लागेको बताइएको छ । यसैबीच सञ्चारकर्मी तेजन खड्काले निधनप्रति दुख ब्यक्त गर्दै सहयोगीदाताहरु तथा घरपरिवारको सपना पुरा गराउने चाहना शोकमा बदलिएकोमा दुस्ख व्यक्त गरेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...