यी हुन् युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने १५ खेलाडी
युरोकप फुटबल २०१६ फ्रान्समा शुक्रवारदेखि सुरु हुँदैछ।
युरो कप फुटबलको तयारी स्वरुप प्रतियोगितामा समावेश हुने धेरै टोलीले मैत्रीपूर्ण खेल पनि खेलिसकेका छन्। युरो कप २०१६ सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा युरोकप फुटबलको इतिहासमा अहिलेसम्म कसले बढी गोल गरेको छ त यो चासोको कुरा हो।
स्टार खेलाडीको जमात रहेको युरोपमा युरोकपमा अहिलेसम्मको अहिलेसम्मको कसले बढी गोल गरेको भन्दा अाउने नाम हुन् फ्रान्सका मिकेल प्लाटिनीदेखि जिनेदिन जिदान र क्रिष्टियानो रोनाल्डोदेेखि जाल्टन इब्रामोविचसम्म। अहिलेसम्म युरोकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा रहेको नाम हो फ्रान्सका प्लाटिनीको।
युरोकपमा अहिलेसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा क्रिष्टियानो रोनाल्डोदेखि फ्रान्सका मिकेल प्लाटिनीसम्म छन्। रोनाल्डोले चौथो पटक लगातार युरो कप फुटबल खेलेर नयाँ इतिहास पनि बनाउँदैछन्।
यी हुन् युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने १५ खेलाडीः
१.मिकेल प्लाटिनी–फ्रान्स (५ खेल, ९ गोल)

२.एलन सिएरर–इंग्लयाण्ड (९ खेल, ७ गोल)

३.रुड भान–नेदरल्यान्डस् (८ खेल, ६ गोल)

४.प्याट्रिक क्लियुभर्ट–नेदरल्यान्डस् (९ खेल ६ गोल)

५.जाल्टन इब्रामोविच–स्वीडेन (१० खेल ६ गोल)

६.थिएरी हेनरी–फ्रान्स (११ खेल ६ गोल)

७.क्रिष्टियानो रोनाल्डो–पोर्चुगल (१४ खेल, ६ गोल)

८.नुनो गोमेज–पोर्चुगल (१४ खेल, ६ गोल)

९.साभो मिलोसेभिक–युगोस्लाभिया (४ खेल, ५ गोल)

१०.वाइन रुनी–इंल्यान्ड (६ खेल, ५ गोल)

११.मार्को भान बस्टेन–नेदरल्यान्ड्स (९ खेल, ५ गोल)

१२.मिलान बारोस–चेक रिपब्लिका (११ खेल, ५ गोल)

१३.जर्गेन क्लिन्जम्यान–जर्मनी (१३ खेल, ५ गोल)

१४.फर्नान्डो टोरेस–स्पेन (१३ खेल, ५ गोल)

१५. जिनेदिन जिदान–फ्रान्स (१४ खेल, ५ गोल)


0 comments
प्रतिक्रिया दिनुहोस्...