-->
कोपा अमेरिका : चर्चामा नआएका ८ हिरो, जसले आफूलाई प्रमाणित गरे

असार २ – कोपा अमेरिकामा क्वाटरफाइनलका खेल शुक्रबारदेखि सुरु हुँदै छ । क्वाटरफाइनल पुगेका सबै टिमले निकै उत्कृष्ट खेल प्रदर्शन गरे । केही खेलाडी आफ्नो टिमलाई अगाडि लान मरिमेटेर लागि परे । यस्तै केही खेलाडी छन् जो कोपा अमेरिका २०१६ मा समूह चरणका खेलअघि गुमनाम थिए । 

एडविन कार्डोना – कोलम्बिया

एडविन कार्डोना कोलम्बियाका लागि निकै महत्वपूर्ण साबित भएका छन् । एट्याकिङ मिडफिल्डको जिम्मेवारी समालेका कार्डोनाको ८९ प्रतिशत पास सफल भएका छन् । 
आफैले गोल नगरेपनि उनले दुई वटा गोलका लागि अवसर सिर्जना गरे । कार्डोनाले अमेरिकासँगको खेलमा निकै राम्रो गोलको अवसर सिर्जना गरेका थिए । क्वाटरफाइनलमा पेरुसँग हुने खेलमा पनि कार्डोनाले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

जोन ब्रुक्स – अमेरिका

दुई वर्ष अघि फिफा वल्ड कपमा घाना विरुद्ध हेडमार्फत गोल गरेर फुटबल जगतमा अगाडि बढेका जोनले जारी कोपा अमेरिकामा पनि आफूलाई प्रमाणित गरेका छन् । 
पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएपनि सेन्टर ब्याक डिफेन्सको भूमिकामा रहेका जोनले अमेरिकी रक्षा पंक्तिको बलियो पक्ष प्रस्तुत गरिरहेका थिए ।

क्रिष्टिएन नोवोअ – इक्वेडर

क्वाटरफाइनलमा स्थान बनाउन आफ्नो अन्तिम र निकै महत्वपूर्ण खेलमा हाइटी विरुद्ध राम्रो खेल प्रदर्शन गरेका क्रिष्टिएनले सबैलाई प्रभावित पारेका छन् । 
क्वाटरफाइनलमा स्थान बनाउन इक्वेडरका लागि क्रिष्टिएन महत्वपूर्ण साबित भएका छन् । हाइटी विरुद्धको जित मात्रै नभई ब्राजिल र पेरुसँगको खेलमा समेत मिडफिल्डर क्रिष्टिएनले राम्रो खेलेका थिए ।

क्रिष्टिएन क्वाइभा – पेरु

जारी कोपामा फुटबल विश्लेषकहरुले पेरु समूह बीको पहिलो टिम हुन्छ भन्ने सोचेका थिएनन् । तर क्रिष्टिएन क्वाइभा जस्ता खेलाडीले पेरु पनि कोपा जितको रेसमा सक्षम छ भन्ने प्रमाणित गरिदिए । 
मिडफिल्डमा आफ्नो जिम्मेवारी समालेका क्वाइभाले मिटको पास मिलाउने र अवसर सिर्जना गर्ने काम गरे । यतिमात्रै होइन इक्वेडरसँगको आफ्नो खेलमा क्वाइभाले उत्कृष्ट गोल गर्दै अग्रतासमेत दिलाए ।

अलेज्यान्ड्रो गुएरा – भेनेजुएला 

जारी कोपामा जमाइकासँगको खेलबाटै अलेज्यान्ड्रो गुएरा फुटबल प्रेमीका आँखामा परे । मिडफिल्डर गुएराले टिमलाई संयमतासाथ अगाडि लान निकै महत्वपूर्ण भूमिका निभाएका छन् । 
गोलका अवसर बनाउन माहिर गुएरा आफ्ना पासमा गल्ति गर्दैनन् । उरुग्वेसँगको खेलमा समेत उनले आफूलाई प्रमाणित गरेका थिए ।

जिसस म्यानुअल कोरोना – मेक्सिको

मेक्सिकोले जारी कोपा अमेरिकामा ८० मिनेटपछि चार पटक गोल गर्यो । त्यसमा पनि भेनेजुएलासँगको खेलमा कोरोनाको बराबरी गोल हेर्न लायक थियो । 
१० मिनेट बाँकी छँदा १–० ले पछि परेको अवस्थामा उनले निकै राम्रो गोल गरेका थिए । उनकै गोलको मद्धतले समूह सीमा मेक्सिको अग्र स्थानमा रह्यो जसले क्वाटरफाइनलमा अर्जेन्टिनासँगको भेटलाई पनि पन्छायो ।

इभर बानेगा – अर्जेन्टिना

समूह डीको आफ्नो पहिलो खेलमा अर्जेन्टिना मेस्सी बेगर नै आक्रामक सुरुवात गर्न चाहन्थ्यो जसलाई इभर बानेगाले सहज बनाए । जारी कोपामा अर्जेन्टिनाको पहिलो गोलका 
लागि बानेगाले ने अवसर बनाएका थिए । आफ्ना ९५ प्रतिशत पास सुरक्षित बनाउने बानेगाले अजेन्टिना टिमकै सहयोगी भूमिका निभाएका छन् । इन्टर मिलान क्लवबाट खेल्ने बानेगाले जारी कोपा मार्फत झनै उत्कृष्ट फर्म प्रदर्शन गरिरहेका छन् ।

गोन्जालो जारा – चिली 

जारी कोपामा समूह चरणका खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडी मध्ये चिलीका गोन्जालो जारा पनि एक हुन् । समूह चरणका खेलमा उनले आफ्ना ९१ प्रतिशत पास सुरक्षित गरेका छन् । 
डिफेन्सलाई बलियो बनाउन एक उत्कृष्ट खेलाडीका रुपमा रहेका जाराले बाँकी खेलमा पनि यसलाई निरन्तरता दिने विश्वास फुटबल विश्लेषकहरु गर्छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.