महिनौं दिनको पर्खाइपछि गायत्री (नाम परिवर्तन)ले जब आफ्नो पहिलो छोरीलाई जन्म दिइँन तर त्यस शिशुलाई देखेर चिकित्सक सहितका मानिसहरु आश्चर्य चकित भए । यो नवजात शिशुको शरीरमा छाला थिएन भने शरीरको बाहिरी अंग पनि विकसित भएको थिएन । यस शिशुको आँखा र ओठ रातो देखिन्छ ।

शिशुको अहिले आइसियूमा राखेर उपचार भइरहेको छ । शिशुको शरीरमा छाला नभएकाले छाला प्रत्यारोपण सम्भवना नरहेको चिकित्सकले स्पष्ट पारेसँगै जिन्दगीभर यी बालिकाले जिउमा संक्रमण रोक्न तथा चिराबाट रगत आउन रोकी नरम पार्नका लागि मोस्चराइजरको प्रयोग गर्नुपर्ने देखिएको छ ।
डा. बनैतका अनुसार यो निकै दुर्लभ गम्भीर प्रकृतिको अनुवांशिक छालाजन्य रोग हो । यो एक दुर्लभ चर्मरोग रहेको र विश्वमा ३० लाख मध्ये यस्तो एक जना बच्चाको जन्म हुने चिकित्सकको भनाइ छ । यो रोग भएका बच्चा जन्मिँदा पूरै सरीर बाक्लो कत्लाले ढाकिएको हुन्छ पछि त्यसमा चिरा पर्दछ । शरीरका बाहिरी अंगपनि राम्रोसँग विकशित भएको हुँदैन । चिरा परेको ठाउँमा संक्रमणको जोखिम हुन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...