-->
युद्धअपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्ध दुई नेपालीको बयान सुरु

यातना दिएको अभियोगमा अन्तराष्ट्रिय क्षेत्राधिकार अन्र्तगत युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्ध दुई नेपालीहरुको बयान सुरु भएको छ ।
कपिलवस्तुको गोरुसिंगेमा यातना पाएका जनक राउत र करम हुसैनले आजा लामाविरुद्ध अन्तिम फैसलाका लागि बयान दिएका छन् ।
गत सोमबारबाट लन्डनस्थित फौज्दारी अदालत ओल्डवेलीमा जस्टिज स्वीनीको इजलासमा सुनुवाईसम्बन्धी प्रकृयामा सुरु भएको थियो । बयान दिन अभियोजन पक्षको तर्फबाट राउत र हुसैन लण्डन गएका हुन् ।
यातना दिएकोबारे राउत र हुसैनले बयानपछि अव मुद्दा फैसलाको चरणमा प्रवेश गर्नेछ । लामाको सुनुवाई चार सातासम्म चल्नेछ ।
उनीहरुले कर्णेल कुमार लामाले सन् २००५ मा कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित सैनिक व्यारेकमा थुनामा रहेका बेला आफूलाई आँखामा पट्टी लगाई चरम यातना दिएको जिकीर गर्दै आएका छन् ।
सुडान मिसनमा कार्यरत रहेको बेला उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्नो परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा पक्राउ परेका थिए । पछि उनलाई धरौटीमा रिहा गरिएको थियो । धरौटीमा रिहा गरिए पनि लामालाई बेलायत बाहिर भने जाने अधिकार दिइएको थिएन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.