-->
मेक्सिको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

मेक्सिको कोपा मेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। 
 
क्यालिफोर्नियामा शुक्रवार बिहान भएको खेलमा जमैकालाई २–० गोल अन्तरले पराजित गर्दै मेक्सिको कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गरेको हो। 
 
मेक्सिकोले खेलको १८ औँ मिनेटमै जाभियर हर्नान्डेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको मेक्सिकोले दोस्रो हाफमा थप एक गोल गर्यो। 
 
मेक्सिकोका लागि खेलको ८१ औं मिनेटमा अर्बी पेरेल्टाले गोल गर्दै २–० को जित निकाए।
 
समूह सीबाट मेक्सिकोसँगै भेनेजुएला क्वारफाइनल प्रवेश गरेको छ। १५ पटकको विजेता उरुग्वे र जमैका भने समूहचरणबाटै बाहिरिएका छन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.