-->
कोपा अमेरिकामा मेक्सिकोले उरुग्वेलाई हरायो

२४ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा मेक्सिकोले उरुग्वेलाई पराजित गरेको छ ।

सोमबार विहान एरिजोनामा भएको खेलमा मेक्सिकोले उरुग्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा मेक्सिकोले चौथो मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । उरुग्वेको परेराले आत्मघाती गोल गरे ।  खेलको ७४ औं मिनेटमा लुइस स्वरेजको पासमा डिएगो गोडिनले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए ।

तर, अन्तिम सात मिनेटमा दुई गोल खाँदै उरुग्वे पराजित भयो । ८५ औं मिनेटमा आर माक्र्वेजले गोल गरे भने ९२ औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिको ३-१ ले विजयी भएको छ



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.