नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने विरुद्ध मुद्दा दायर
काठमाडौं, जेठ २६ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक तोरणबहादुर भण्डारीले बढुवा प्रयोजनको लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति निकालेर प्रहरी नायब निरीक्षक भण्डारीले बोर्ड अफ हाई स्कुल इन्टरमिडियट, उत्तर प्रदेश भारतबाट सन् १९९५ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अध्ययनको क्रममा पाइएको हो ।
आयोगले नक्कली शैक्षिक योग्यता पेस गरी बढुवा हुने भण्डारीलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...