चाहे पात होस् वा गेडा तरकारीमा धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ । अचारमा धनियाको पात मिसाउँदा निकै सुगन्धित तथा स्वादिलो हुन्छ । हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ ।
तर धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । धनियामा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ । आखिर धनियाका गुन के के छन् त ?
जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनिया निकै लाभदायी हुन्छ । धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ ।
गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ । गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ ।
धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ


0 comments
प्रतिक्रिया दिनुहोस्...