-->
सांसदको सुविधा बढाइँदै, मासिक तलब ५६ बाट ९० हजार पुग्ने

संसद सचिवालयले सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक  स्वतः सांसदहरुको समेत बढ्नेछ। 
 
त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो। बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ। 
 
मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने छन्। त्यसका अतिरित्त वैठक बसेको दिन यातायात खर्च १ हजार र वैठक भत्ता १ हजार ५ सय रुपैयाँ थप दिइनेछ।
 
यतिन्जेल १ सय ५० रुपैयाँ यातायात खर्च र २ सयय रुपैयाँ बैठक भत्ता थियो। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.