-->
अफगानिस्तानमा भएको हवाई कारबाहीमा पाँच तालिवान मारिए

काबुल । अफगानिस्तानको दक्षिण प्रान्त उरुज्गानमा भएको हवाई कारबाहीका क्रममा कम्तीमा पनि पाँचजना अफगानिस्तानका तालिवान मारिएको समाचार छ । अफगानिस्तानको सेनाले यस कारबाही गरेको बताइएको हो । यस कारबाहीमा परी अरु ६ जना तालिवान आतङ्ककारी घाइते भएका बताइएको छ ।


जाङ्गतान क्षेत्रमा बिहीबार विहान सवेरैबाट सुरु भएको यस कारबाहीमा पाँच तालिवान आतङ्ककारी मारिनुको साथै अन्य छ जना घाइते भएका एक विज्ञप्तिमा जनाइएको छ ।

तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणागर्दै आएका तालिवानहरु विरुद्ध प्रहरीले जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भइरहेको बताइएको छ ।

अफगानिस्तानमा पछिल्लो समयमा आइएसको प्रभाव रहेको हालैमात्र बताइएको थियो । गएको शनिबार अफगानिस्तानमा भएको एक सैनिक कारबाहीका क्रममा ठूलो सङ्ख्यामा आइएसका लडाकू मारिएपछि यो पुष्टि भएको अफगान सेनाले जनाएको थियो ।

त्यसैले पछिल्लो समयमा अफगानिस्तानको सेनाले सैनिक कारबाही गर्ने गरेको छ । यस क्रममा प्रत्येक दिनजसो लडाकू मारिएका छन् ।

अफगान गृहमन्त्रालयले लिएको जानकारीअनुसार सो कारबाहीमा परी आइएसका कम्तीमा पनि १३ जना लडाकू मारिएका थिए । उरुज्गान क्षेत्रमा पनि आइएसको प्रभावको आशङ्कामा यस्तो कारबाही थालिएको सेनाले जनाएको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.