-->
पाथीभरा पुग्ने सडक बिग्रिएर यात्रा कहालीलाग्दो, ड्राइभर भन्छन् - हामीसँग मुटु छैन...

पाथीभरा पुग्ने सडक बिग्रिएर यात्रा कहालीलाग्दो, ड्राइभर भन्छन् - हामीसँग मुटु छैन...
ताप्लेजुङ, जेठ २९ – आन्तरिक र वाह्य पर्यटकका साथै भक्तजनको भीड लाग्ने ताप्लेजुङको पाथीभरा देवीको मन्दिर पुग्ने सडक बिग्रिएर यात्रा कहाली लाग्दो भएको छ । ज्यान हत्केलामा राखेर गाडी चलाउनु परेको चालकहरु बताउँछन् ।

सदरमुकाम फुङलिङदेखि विमानस्थल सुकेटारसम्म पुग्ने आठ किलोमिटर बाटो कालोपत्रे गरिएको छ । सुकेटार क्षेत्रदेखि देउराली, किरात चौक, छातेढुङ्गा हुँदै
काफ्ले पाटी सम्मको झण्डै १० किलोमिटर बाटोमा मर्मतका लागि करोडौँ रुपैयाँ खर्च भइसकेको भएपनि सडकको स्थिति सुधार हुन सकेको छैन ।

‘सडक त यस्तै छ, पाथीभरा देवीको आस्थाले यात्रुको सेवाका लागि हामीले ट्याक्सी तथा जीव चलाएका हौं । मे १ ज १५२२ नम्बरका जीव चाकल गोपाल भट्टराईले बताउनुभयो । ‘बेला बेला त हामी मानिस होइनाैँ कुनै मानव निर्मित यन्त्र हौँ भने जस्तो लाग्छ, हामीमा मुटु नै छैन जस्तो लाग्छ’ चालक भट्टराईले भन्नुभयो, ‘जुन हामिले जीव

कुदाउने बाटो छ त्यो जीव कुद्नै नसक्ने खालको छ तर पनि मेसिनले जस्तो कुदाई रहेका हुन्छौँ ।
आफ्नो जीवनलाई थाति राखेर पाथीभरा देवीको दर्शन गर्न आउने श्रद्धालुको दुःखलाई हेरेर आफूहरुले सेवा गरिरहेको उहाँको भनाई छ । मे १ ज १६४२ नम्बरका जीव चालक पेम्बा तामाङको पनि उस्तै दुःख छ ।

‘सुकेटारदेखि जाँदा वा काफ्ले पार्टीदेखि सदरमुकाम आउने क्रममा जीवमा चडेका धार्मीक तिर्थयात्री हुन या पर्यटकहरु जीव रोक जीव रोक काहालिँदै जीव रोक्न लगाउँछन् र पैदल यात्रा गर्दछन्’ तामाङले भन्नुभयो, ‘सडकमा भएका खाल्डा खुल्डिले जीपलाई उर्फाछ अनि आत्तिएर यात्रीहरु बरु हिँडेर यात्रा गर्ने भन्छन् ।’
पाथीभरामा वार्षिक ३ लाख देखि ४ लाखसम्म तीर्थ यात्रीहरु आउने गरेको पाथीभार देवी मन्दिर सम्बद्र्धन तथा प्रवद्र्धन समितिका उपाध्यक्ष रणबहादुरकार्कीले बताउनुभयो । यस सडकको स्तरोन्नती गर्न क्षेत्रीय पर्यटक मार्ग घोषणा गरेर काम भइरहेको भएपनि नतिजा केही देखिएको छैन । सडक झनै कहालीलाग्दो बन्दै गएको छ ।

झण्डै १० किलोमिटर बाटोलाई अहिलेसम्म उत्तर दक्षिण ओलाङचुङगोला सडक कार्यालय मार्फत काम भइरहेको छ । झण्डै ३ करोड रुपैयाँ सकिएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर दानकुमार श्रेष्ठले सडक डिभिजन कार्यालय इलामबाट ५५ लाख रुपैयाँ खर्च भएको र ०६९/०७० मा २५ लाख, ०७०/०७१ मा २५ लाख, ०७१/०७२ मा ६७ लाख, ०७२/७३ अर्थात चालु आथिर्क वर्षमा १० लाख खर्च भई सकेको बताउनुभयो । यसरी करोडौँ रुपैयाँ खर्च हुँदा समेत अहिलेसम्म सडकको अवस्था भने उस्तै रहेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
ठेक्का पाएका कम्पनीका प्रमुख भने प्रतिस्पर्धामा थोरैमा टेन्डर हाल्नुपर्ने र काम गर्न पैसा अपुग हुने बताउँछन् ।

विभिन्न तरीकाबाट कार्यालयका इन्जिनियरहरु मार्फत विल पास गराउँदा १० देखि १५ प्रतिशत बुझाउनुपर्ने र अन्य विविध शीर्षकमा काम बेगर धेरै खर्च गर्नु पर्ने भएका कारण पनि निमय अनुसार कुनै पनि योजना बनाउन नसक्ने बताउँछन् ।उज्यालोअनलाइनबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.