-->
कतारको श्रमिक शिविरमा आगो लाग्दा ११ को मृत्यु

काठमाडौं जेठ २१ – कतारको पश्चिमी शहरको आप्रवासी श्रमिक बस्ने शिविरमा आगो लाग्दा ११ जनाको ज्यान गएको छ । अरु १२ जना घाइते भएका छन् ।

घाइते र मृत्यु हुनेको नाम पहिचान हुन नसकेको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारमा पूर्वाधार परियोजानामा काम गर्ने थुपै मजदुरहरु प्रवासी छन् ।

उनीहरु रोजगारदाता कम्पनीले उपलब्ध गराउने शिविरमा बस्छन् ।आगलागीको कारण भने अझै पत्ता लागेको छैन । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.