गुल्मी– केहिदिन अघि घरमा मृत अवस्थामा फेला परेकी गुल्मी मुसिकोटकी–७५ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गर्ने क्रममा एक युवाले हत्या गरेको खुलासा भएको छ । वैशाख २४ गतेका दिन मुसिकोट–४ की ७५ वषीृया वृद्धा कौशिला थापा घरमा मृत फेला परेकी थिईन् ।
निजले मृतक महिलाका छोरा कृष्णबहादुर थापासँग दिनभरी बसेर रक्सी खाएको र छोरा कृष्ण केहिबेर घरदेखि बाहिर गएको मौका छोपी उनकी आमालाई बलात्कारको प्रयास गर्ने क्रममा हत्या गरेको निजले स्वीकार गरेको रावलले बताए ।
निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको निज किशोरीले उजुरी दिएपछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।
बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्तीकरणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । स्रोतका अनुसार सुरुमा उनीहरु राजीखुशी त्यस होटलमा बस्न आएका थिए ।
Rato pati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...