बैंकबाट ऋण लिन नाङ्गो तस्बिर बन्धकी
असार १ – चीनमा केही बैंकले आफ्ना सेवाग्राहीले लगेको ऋण उठाउन लाजमर्दो उपाय अपाउने गरेको पाइएको छ । गैरकानुनी ऋण असुलिका लागि सेवाग्राहीको नाङ्गो तस्बिर बन्धकी राख्ने गरेका छन् ।
उनीहरु नाङ्गो तस्बिर बन्धकी राख्नुका साथै सेवाग्राहीका आफन्तको बारेमा पनि सम्पूर्ण जानकारी लिन्छन् । चीनिया पत्रिका चाइना डेलीका अनुसार उनीहरुले सेवाग्राहीका नागरिकतासहित खिचाइएको नाङ्गो तस्बिर राख्ने गर्छन । यदि सेवाग्राहीले ऋण नतिरे तस्बिर सार्वजनिक गर्ने चेतावनी दिन्छन् ।
उनीहरु सेवाग्राहीसँग चर्को ब्याज असुलि पनि गर्छन । ऋण नतिरे बदनामीसँगै चरित्र हत्या हुने डर सेवाग्राहीमा सधैँ रहने गर्दछ । चीनिया बैंकमा बिना धितो ऋण नपाइने हुँदा गैरकानुनी रुपमा नाङ्गो तस्बिर राखेर ऋण दिने काम निकै फैलिरहेको बिबिसीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...