सल्यानमा यात्रुबाहक बसमाथि तोडफोड
सल्यान, जेठ ३१ – सल्यान–रुकुम यातायातका कर्मचारीले रुकुम यातायात प्रालिको बस तोडफोड गरेका छन् । काठमाडौंबाट रुकुमतर्फ गएको रुकुम यातायात प्रालिको ना ५ ख ७२४१ नम्वरको बस सल्यानको श्रीनगरमा तोडफोड गरेका हुन् ।
जिल्ला ट्राफिक कार्यालय श्रीनगरमा गाडी इन्ट्री गर्न रोकेको बेला बसमाथि सल्यान रुकुम यातायात प्रालीका कर्मचारीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ । बस तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय श्रीनगरले ६ जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा दिनभर छलफल भएपनि कुनै निष्कर्ष निक्लन सकेन ।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तोडफोडमा ९ जना संलग्न रहेको र ति मध्ये ३ जना अहिले पनि फरार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम बहादुर खत्रीले बताउनुभयो । तोडफोडका क्रममा एक जना प्रहरी र एक जना यात्रु घाइते भएका छन् ।
सिन्डिकेटको बारेमा विवाद हुँदा तोडफोड भएको प्रहरीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...