युरो कपमा क्रोएसियाद्वारा टर्की पराजित
जेठ ३० - युरो कप फुटबल अन्तर्गत आइतबार भएको पहिलो खेलमा क्रोएसिया विजयी भएको छ । क्रोएशियालाई जिताउन खेलको एक मात्र गोल लुका मोर्डिकले ४१ औं

मिनेटमा गरेका थिए । उनले ३० यार्ड टाढाबाट हानेको भलीलाई टर्कीका किपरले ठम्याउन सकेनन् । क्रोएशियाले ७३ औं मिनेटमा पाएको मौका सदुपयोग गर्न सकेन । इभान पेरिसिकको टर्कीका गोल किपरलाई बिट गर्दै पोष्ट नजिकैबाट गरेको हेड पोलमा लागेर बाहिरिएको थियो ।

यसअघि ५१ औं मिनेटमा क्रोएशियाका डेर्जियो सर्नाको फ्रि किक पनि पोलमा लागेको थियो । चौथो पल्ट युरो कप खेलिरहेको र सन् २००८ मा सेमिफाइनलसम्म पुगेको टर्कीले भने गोल गर्ने खासै मौका बनाउन सकेन ।

टर्कीलाई हराउने क्रोएसिया भने सन् १९९६ र २००८ मा क्वाटरफाइनलसम्म पुगेको थियो । १ गोल गरेको क्रोएशियाले १८ पटक टर्कीको पोष्टमा आक्रमण गरेको थियो, जस मध्येका ६ प्रहार गोल लक्षित थिए । तर

टर्कीले भने जम्मा ९ पटक मात्र क्रोएशियाको पोष्टसम्म बल लैजान सक्यो र २ पटक मात्र गोलका लागि लक्षित गरेर प्रहार गरेको थियो । खेल भरी बलमाथिको नियन्त्रण भने क्रोएशियाको भन्दा टर्कीको राम्रो थियो । क्रोएशियाले ४९ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो भने टर्कीले ५१

प्रशित समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलमा टर्कीका ३ जना खेलाडीले पहेंलो कार्ड पाए भने क्रोएशियाका एक जना खेलाडी मात्र पहेंलो कार्डको भागिदार बने । यो समूहमा रहेका स्पेन र चेक गणतन्त्रबिचको खेल सोमबार हुने छ । आइतबारको विजेता क्रोएशियाले चेक गणतन्त्रसँग र टर्कीले स्पेनसँग आउँदो शुक्रबार खेल्ने छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...