-->
अब चीनले हाइड्रोमा लगानी गर्ने, नजरमा त्रिशुली– २

काठमाडौं, ३१ जेठ । माथिल्लो त्रिशुली– २ जलविद्युत आयोजनामा चिनियाँ लगानी भित्रने भएको छ ।

चीन सरकारको स्वामित्वमा रहेको हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको यो आयोजना अघि बढाउने भएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

आयोजना निर्माणका लागि कम्पनी विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि जेठ दोस्रो साता निवेदन दिएको छ ।

यस्तै, आयोजनामा वैदेशिक लगानी भित्र्याउन कम्पनीले उद्योग विभागमा पनि निवेदन दिएको छ ।

चाइना हाइड्रो चीनको ठूलो प्रवर्द्धक कम्पनी हो । ०६७ मै सर्वेक्षण लाइसेन्स पाएको चाइना हाइड्रोले माथिल्लो त्रिशूली २ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विभागमा बुझाएको छ ।

हाइड्रो चाइनाले विद्युत उत्पादन लाइसेन्सका लागि निवेदन दिएको विभागका महानिर्देशक समीररत्न शाक्यले जानकारी दिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.