जेष्ठ ३०, २०७३- सल्यान, दाङ, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ, बाग्लुङ र गोर्खा जिल्लामा रहेका कम्पनीको १० वटा बेस स्टेसनमा अज्ञात समूहले हिजो गरेको आगजनीप्रति एनसेलले दुःख व्यक्त गरेको छ । यी मध्ये केही आक्रमणको जिम्मा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लिएको छ ।
‘क्षति पु¥याइएको संरचनाले जिल्लाका ग्रामीण क्षेत्रमा जनतालाई आरभूत र आकस्मिक सञ्चार सेवा प्रदान गरिरहेका थिए’, एनसेलले भनेको छ, ‘१० वटा टावरमा पुगेको क्षतिले ग्रामीण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्षरुपमा सम्पर्कबिहीन बनाएको छ ।’
“संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने महत्वपूर्ण मोबाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भीर अपराध हो,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।
टावरमा भएको आगजनीबाट कति क्षति भयो पूर्ण विवरण आइनसकेको कम्पनीले जनाएको छ । कम्पनीले विज्ञप्ती निकाल्दै क्षति पुगेका टावर यथासक्य छिटो पुनस्र्थापना गरी सेवा सूचारु गरिने बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...