-->
धेरै स्वाँ–स्वाँ हुन्छ, रोग पो लाग्यो कि

रक्त प्रवाहमा समस्या भएर वा रगतमा अक्सिजनको कमी भएर जब अंगहरुमा (ओरग्यन र टिस्यु) पनि अक्सिजनको आपूर्तिमा कमी हुन थाल्छ, त्यस्तो अवस्थामा बिरामीलाई स्वाँ–स्वाँ हुन थाल्छ । यसको अर्थ मुटुको वा फोक्सोको काममा समस्या भएमा स्वाँ–स्वाँ हुने सम्भावना बढी हुन्छ । सुरु–सुरुमा स्वाँ–स्वाँ हुने समस्या काम गर्ने बेलामा वा हिँड्ने बेलामा मात्रै हुन्छ । पछि समस्या बढ्दै गएर अलिकति हिँड्दा वा १ तल्ला भर्याङ चढ्दा पनि स्वाँ–स्वाँ हुन थाल्छ ।

बसेको बेलामा पनि स्वाँ–स्वाँ हुनु नराम्रो संकेत हो । यस्तो भएमा आफ्नो चिकित्सकलाई सम्पर्क गर्नु राम्रो हुन्छ । सुत्दा  स्वाँ–स्वाँ हुने  र बस्दा ठीक हुने लक्षण मुटुरोग वा फोक्सो रोगसंग सम्बन्धित हो । यसलाई अर्दोप्निया भनिन्छ । यस्तो लक्षण हुनासाँथ चिकित्सककलाई भेट्न जरुरी हुन्छ ।

ठूलो आकारको मुटुको खुम्चिने क्षमतामा कमी भएर स्वाँ–स्वाँ हुने गर्दछ ।
स्वाँ–स्वाँ हुने प्रमुख कारणहरुमा मुटुसँग सम्बन्धित रोगहरु, फोक्सोसँग सम्बन्धित रोगहरु, मोटोपना, उच्च रक्तचाप, रगतको कमी, गर्भवती महिला, धेरै दिनदेखि निष्कृय भएर हिडडुल नगरेको भएमा यस्तो हुन्छ ।

स्वाँ–स्वाँ हुने बिरामीको सर्वप्रथम यसको कारण पत्ता लगाउनु पर्छ  । यसको लागि मुटु र फोक्सो सम्बन्धी जाँचहरु गर्न जरुरी हुन्छ । यसबाट केही रोग देखा नपरेमा मोटोपनको कारणले यसो भएको हुनसक्छ । यसको लागि छातीको एक्सरे, ई.सी.जी., इको गनुपर्ने हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.