-->
आत्महत्या गर्न लागेका व्यक्तिलाई टर्कीका राष्ट्रपतिले बचाए


११ पुस, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तईप
एरडोगनले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका
एक व्यक्तिलाई बचाएका छन् ।
टीभी फुटेजहरुमा देखाइए अनुसार एरडोगनको मोटर
इस्तानबुलको बोस्फोरस पुलमा रोकिन्छ । भेजी
काकरस नाम गरेका व्यक्ति पुलबाट हामफाल्न
लागेको थिए ।
राष्ट्रपति एरडोगनका सहयोगीहरुले ती मानिसलाई
राष्ट्रपतिले कुरा गर्न चाहेको सन्देश दिए । र, तत्कालै
उनीहरुलाई तानेर राष्ट्रपतिको गाडिमा ल्याए ।
एरडोगन गाडिमै बसे र फोनमा कुराकानी गरिरहे ।
उनले काकरससँग पनि कुराकानी गरे । टर्कीका एक
अधिकारीले एपीलाई बताए अनुसार काकरस घरेलु
समस्याका कारण डिप्रेसनबाट पीडित थिए ।
समाचारहरुमा जनाइए अनुसार राष्ट्रपति एरडोगनले
काकरसलाई सहयोग गर्न अधिकारीहरुलाई फोनबाटै
निर्देशन दिएका छन् । उनले सहयोगको बचन समेत
दिएको एक अधिकारीले समाचार एजेन्सी एपीलाई
बताए ।
हरेक वर्ष केही मानिसले बोस्फोरस पुलबाट हाम फालेर
आत्महत्या गर्ने गरेकोे पाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.