काठमाडौँ, ११ पुस । एकीकृत नेकपा
(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा
(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन
वैद्यले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी १२२औँ माओ
दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
एमाओवादी अध्यक्ष दाहालले विज्ञप्ति जारी
गर्दै विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्न
माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा
साहसका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ ।
एक्काइसौँ शताब्दीका क्रान्तिका अभिभारा
पूरा गर्न दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्दै उहाँले
आफ्नै माौलिकता र विशेषतामा वर्ग सङ्घर्ष र
वैचारिक सङ्घर्षको बीचबाट अगाडि बढ्दै जाने
क्रममा नै मालेमावादको रक्षा, प्रयोग र विकास
सम्भव छ भन्नुभएको छ ।
यसैगरी क्रान्तिकारी माओवादीका अध्यक्ष
वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको
आलोकमा नयाँ जनवाद हुँदै समाजवाद तथा
साम्यवादको दिशामा निरन्तर अगाडि बढिरहने
प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा दलाल
तथा नोकरशाही पुँजीपति एवम् सामन्ती वर्ग र
साम्राज्यवाद/विस्तारवादका विरुद्ध नयाँ ढङ्गले
जनवादी क्रान्तिको तयारी गर्ने र दक्षिणपन्थी
संशोधनवादको विरोधमा सशक्त विचारधारात्मक
सङ्घर्ष चलाउने काममा दृढतापूर्वक अगाडि बढाउन
आह्वान गरिएको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...