११ पुस, काठमाडौं । दैनिकजसो बिजुलीका
ट्रान्सर्फमर पडि्कएर सर्वसाधारणले सास्ती
भोगिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले पडि्कएका ट्रान्सर्फमको निरिक्षण थालेको
छ ।
अख्तियारमा उजुरीहरु परेपछि ट्रान्सर्फमरको गुणस्तर
जाँच गर्न अख्तियारको विषेश टोलीले शनिबारदेखि
निरिक्षण थालेको हो ।
अख्तियारको टोलीले राजधानीका विभिन्न
स्थानमा पडि्कएका ट्रान्सर्फमको स्थलगत निरिक्षण
गरी गुणस्तर छानविन गर्ने बताइएको छ ।
चीसोको समयमा ग्यास पनि नहुँदा र बिजुली पनि
तीन/चार दिनसम्म नआउँदा उपभोक्ता चरम मारमा
परेको भन्दै अख्तियारमा उजुरी दिएका थिए ।
भारतले नाकाबन्दी लगाएपछि पेट्रोल तथा ग्यासको
चरम अभाव सिर्जना भई विद्युतको माग
अप्रत्यासितरुपमा बढेपछि नेपाल विद्युत
प्राधिकरणका ट्रान्सर्फमरहरु धमाधम पडि्न थालेका
हुन् ।
हालसम्म ५ सय ट्रान्सर्फमर पडि्कएको र त्यसबाट
राज्यलाई ३५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति
भएको उर्जा मन्त्रालयले जनाएको छ ।
बिहीबार मात्रै उर्जामन्त्री टोपबहादुर रायमाझीले
विद्युत प्राधिकरणको मर्मत केन्द्र मै पुगेर पड्किएका
ट्रान्सफर्मरको अबलोकन गरेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...