आमहड्ताल र नाकाबन्दीलाई जारी राख्ने निर्णय
११ पुस, काठमाडौं । शरदसिंह भण्डारी र जेपी
गुप्तासहितको संघीय समावेशी मधेसी गठवन्धनले भैंसी
जुलुस निकाल्ने भएको छ ।
बिराटनगरमा बसेको मधेसी गठवन्धनको बैठकले नौबुँदे
माग सम्बोधन नभएको भन्दै आमहड्ताल र
नाकाबन्दीलाई जारी राख्ने निर्णय समेत गरेको छ ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन अधुरो
भएको र यसले मधेस आन्दोलन माग पुरा नगर्ने उसले
बताएको छ ।
गठवन्धनले भोलि तरार्इका सबै जिल्लामा भैंसी जुलुस
प्रदर्शन गर्ने निर्णय गरेको छ । भैंसी जुलुस प्रदर्शन गरेर
भैसीलाई नै ज्ञापन पत्र समते बुझाइने उसले बताएको छ ।
‘यो प्रतिकात्मक कार्यक्रमको उद्देश्य हालसम्म
वेवास्ता हुनु भनेको भैंसीका सामुन्ने बीन बाजा
बजाउनु सहर भएको देखाउनु हो’ तराई मधेस राष्ट्रिय
अभियानका संयोजक एवं मोर्चाका नेता जेपी
गुप्ताले भनेका छन् ।
गठवन्धने बृहत मधेसी महागठवन्धन निर्माण अभियानका
लागि १४ गतेे दबावमुलक अन्तरक्रिया कार्यक्रम गर्ने
निर्णय गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...