-->
पार्टीको निर्णय चित्तबुझ्दो नभएपछि अनसनमा


पुस १३
काठमाडौँ– नेपाली काँग्रेस
सोलुखुम्बुमा पार्टीको क्रियाशील
सदस्यता एकलौटी वितरण गरेको भन्दै
केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले
दोस्रो दिन पनि रिले अनशन जारी
राखेका छन् ।
सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु
शेर्पाले पार्टीको विधान,
नियमावली र केन्द्रीय कार्यसमितिले
निर्णय गरेर पठाएको परिपत्रलाई
उलङ्घन गरी एकपक्षीय ढङ्गले वितरण
गरेको भन्दै अनशन बसेका हुन् ।
केन्द्रीय सदस्य केसीले जिल्लाका
केन्द्रीय सदस्य, महाधिवेशन
प्रतिनिधि, महासमिति सदस्य,
गाविसका सभापतिलाई नसोधी
कोठामा बसेर क्रियाशील सदस्य
वितरण गरेको आरोप लगाए ।
उनले भने, “पार्टीको विधान विपरित
आफ्ना भाइभतिज, नातागोता र अरु
पार्टीका व्यक्तिलाई क्रियाशील
बाँडिएको छ यो हामीलाई मान्य
हुँदैन ।”
उनले पार्टीको केन्द्रीय सदस्यलाई समेत
क्रियाशील सदस्यता नदिएको भन्दै
भोलिबाट आमरण अनशन बस्ने बताए ।
अनशनमा सोलुखुम्बुका महासमिति
सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत,
हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव
भोजराज कार्की, नेपाल महिला सङ्घ
पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल
विद्यार्थी सङ्घ केन्द्रीय सदस्य
सन्तोष कट्टेललगायत चार दर्जन नेता
कार्यकर्ता अनशनमा बसेका छन् ।
सोलुखुम्बुमा १२ औँ महाधिवेशनमा एक
हजार ७९१ क्रियाशील सदस्य रहेकामा
अहिले शतप्रतिशत थप गरिएको थियो

यसैगरी नेपाली काँग्रेस डोल्पाका
सभापति टङ्कप्रसाद उपाध्याय विगत
चारदिनदेखि आमरण अनशन बसेका छन् ।
उनले विधि विधानअनुसार ६२१ जना
नयाँ क्रियाशीलसहित केन्द्रमा पठाए
पनि केन्द्रले जम्मा १८ जनालाई मात्र
सदर गरेर बाँकी ६०३ जनालाई बदर गरेको
भनि अनशन बसेका हुन् ।
पार्टीको जमानत जफत हुने जिल्ला
डोल्पामा नयाँ क्रियाशील बनाउँदा
पार्टीले सदर नगरेपछि उनी निरास भई
अनसन थालेका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.