एजेन्सी–र्पोन दुनियाँ हुँदै बलिउडमा
प्रवेश गरेकी सन्नी लियोन चाँडै नै
आमा बन्ने तयारीमा छन् । उनका पति
डायनियल वेभर र उनको लामो समय
अघि देखि नै बच्चा जन्माउन चाहेको
तर व्यस्तताका कारण सहि समय
नपाएको लियोनले बताएकी छिन् ।
परिवारबाट निरन्तर दबाबका आउन
थालेपछि छिट्टै आमा बन्ने निर्णय
लिएको लियोनको भनाइ छ ।
उनले भनिन्, ‘आमा बन्ने त पक्का –
पक्की नै हो , अब समय तोक्न मात्र
बाँकी छ ।’ आफ्नो रहरले भन्दापनि
परिवारको दबाबले आमा बन्न लागेको
लियोनले हालै एक अन्तरवार्तामा
बताएकी छन् । वैवाहिक जिवनको
बारेमा सोध्दा उनले भनिन् ,
‘डायनियल मेरो आत्मिय साथी हुन् ,
जिन्दगीका आरोह –अवरोहहरु हामीले
संगै काटेका छौँ । म मेरा हरेक कुरा हरेक
समस्या डायनियलसगं साट्न सक्छु ।
चाहे जतिसुकै गम्भिर या मुर्ख कुरा किन
नहोस् ।’
लियोनको लाइफ पुरै डायनियलको
कन्ट्रोलमा चल्छ तर पनि उनी खुशी
छिन् । ‘एउटा एक्टरले पाउनुपर्ने हरेक
स्वतन्त्रता र मौका गुमाउनु परेको छैन ,
हरेक काम दुबै जनाको सहयोग र
सहमतीमा गर्छौ , आाफ्नो निर्णय
आफै गर्ने छुट पनि पाएको छु , मेरो
लाइफ पुरै स्ट्रेस फ्रि छ ।’ उनले भनिन् ।
‘आज सन्नीले जे छिन् जहां छिन्
डायनियलको साथ र सहयोग कारणका
छिन् । डायनियल उनको जिवनमा
नहुन्थे भने आज उनी यती सफल हुने थिइनन्
’ उनले बताइन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...