सफा नेपालको कल्पना गर्दै सरसफाई अभियानमा
लागेका चर्चित हाँस्य कलाकार जोडी सिताराम
कट्टेल र कुञ्जना घिमिरे अहिले खुशी छिन् । ‘धुर्मुस
सुन्तली सरसफाई अभियान’ नाम दिएर उनीहरु देशका
विभिन्न स्थानमा पुगिसकेका छन् । मानिसको
व्यवहार र दिमागबाट नै सफाई गर्नुपर्छ भन्ने चेतना
जगाउन सकेकोमा यो जोडी खुशी देखियो ।
अहिले यो जोडी उर्लाबारी पुगेको छ । पौष ९
गतेबाट सुरु भएको ‘पूर्व पश्चिम राजमार्ग सफाई
अभियान’ अन्र्तगत यी दुई कलाकार नवलपरासी,
चितवन, हेटौडा, महोत्तरी, सप्तरी, वारा, रौतहट
सफाई गर्दै मोरङको उर्लाबारी पुगेका हुन् ।
धुर्मुसले भने-‘हामीले निरन्तर मानिसलाई सडकमा
उपस्थित गराएर बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म
सफाइमा संलग्न गराएका छौ । यो अभियानले अहिले
ठूलो रुप लिएकोमा खुशी छौ ।’ उनका अनुसार तराइ
पुर्ण रुपमा ठप्प रहँदा पनि सरसफाई अभियान भने
रोकिएको छैन । उनले भने-‘ देशमा देखिएको तराई र
पहाड भन्ने मानसिकतालाई पनि हामीले हटाउने
काम गरेका छौ । देशलाई नै एकतावद्ध गर्ने काम
हाम्रो सफाई अभियानले गरेको छ ।’
तराइमा पूर्ण रुपमा यातायात, बजार बन्द हुँदा पनि
आफूहरुको अभियानमा दसौ हजार मानिस सहभागी
भएको भन्दै उनले मधेसी मोर्चाले पनि कुनै अवरोध
नगरेको बताए । बिहिबार बिहान ८ बजे प्रधानमन्त्री
केपी शर्मा ओलीले दमकमा यो अभियानको उद्घाटन
गर्नेछन् । अभियान काकडभिट्टामा पुगेर समापन हुने
उनको भनाई छ । तर, ‘धुर्मुस-सुन्तली’ सरसफाई
अभियान भने जारी रहने उनले बताए ।
मानिसहरुमा अहिले घर, आँगन, टोल सफा राख्नुपर्छ
भन्ने चेतना विकास भैसकेको भन्दै धुर्मुसले सबैले आफ्नो
प्रतिवद्धता पुरा गर्न थालेको बताए ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...