पुस १३
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा
ओलीले दोलखामा बनाउने भनिएको
फिल्म सिटी उपयुक्त स्थान नभएको
बताएका छन् ।
यसअघिको सरकारी योजना ठीक
नभएको तर्क गर्दै प्रधानमन्त्रीले टुक्का
जोड्दै भने , ‘ दोलखामा फिल्म सुटिङ
स्टुडियो हुँदैन। हप्तामा दुई घन्टा घाम
लाग्ने ठाउँमा स्टुडियो बन्दैन ।
स्टुडियो त यस्तो होस् जहाँ हिरोसँग
रिसाएको झोकमा हिरोइनले
हामफाल्ने तलाउ होस् । जहाँ हिरोइन
रिसाएर माइती जाने ठाउँ होस्।’
उनले अन्तराष्ट्रियस्तरको फिल्म सिटी
बनाउने आफ्नो योजना रहेको सुनाउँदै
दोलखामा बनाउने भनिएको फिल्म
सिटी गोरखा र त्यसआसपासको क्षेत्र
उत्तम रहेको तर्क गरे ।
सोमबार चलचित्र ‘फूलैफूलको मौसम
तिमीलाई’ चलचित्रको सिडि
विमोचन कार्यक्रममा उनले त्यस्तो
बताएका हुन् । जुन कार्यक्रम
प्रधानमन्त्रीको कार्यालयमै गरिएको
थियो ।
फागुन २१ गते रिलिज हुने भनिएको
फिल्मको निर्देशक दिनेश डिसी रहेका
छन् । निर्देशक डिसीले मायाको कथा
बोकेको फिल्मको नाम ‘फूलै फूलको
मौसम तिमीलाई’ भन्दै पत्नी
राधिका शाक्य गुलाब दिन आग्रह
गरेपछि ओलीले फूलैफूलको मौसम
तिमीलाई भन्दै रातो गुलाब दिएका
थिए । उनले श्रीमतिलाई गुलाब दिँदा
तालीको पर्सा छुटेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...