-->
जापानका प्रधानमन्त्रीले दक्षिण कोरियासँग माफी मागे

सोम, १३ पुस । जापानी प्रधानमन्त्री सिन्जो
अबेले दोस्रो विश्वयुद्धमा जापानी सेनाले
दक्षिण कोरियाका महिलालाई गरेको भनिएको
यौनदाशीका विषयमा क्षमायाचना गर्नुभएको छ

दोस्रो विश्वयुद्धका समयमा जापानी र दक्षिण
कोरियाली सेनाकाबीचमा निकै नै विवाद
थियो । सो समयमा जापानी सेनाले दक्षिण
कोरियाली महिलालाई यौनदाशी बनाएको
आरोप दक्षिण कोरियाले लगाएको थियो ।
प्रधानमन्त्री आबेले सो विषयमा दक्षिण
कोरियासँग क्षमायाचना गर्नुभएको जानकारी
जापानी विदेशमन्त्री फुमियो किसिदाले
सोमबार दिनुभएको हो ।
दक्षिण कोरियाको राजधानी सोलमा
सोमबार जापानी र दक्षिण कोरियाली
विदेशमन्त्रीद्वारा गरिएको संयुक्त पत्रकार
सम्मेलनका क्रममा उहाँले प्रधानमन्त्रीको सो
सन्देश पढेर सुनाउनुभएको थियो ।
विदेशमन्त्री किसिदा हाल दक्षिण कोरियाको
भ्रमणमा हुनुुहुन्छ । किसिदा र दक्षिण
कोरियाली विदेशमन्त्री योङ बियोङले
सोमबार दक्षिण कोरियाको सोलमा संयुक्त
पत्रकार सम्मेलन गर्नुभएको हो ।
प्रधानमन्त्री आबेले सो घटनाका लागि आफूले
जापानका तर्फबाट क्षमामाग्दै यसबाट दक्षिण
कोरियाली नागरिकहरुमा पर्न गएको दूःखप्रति
गहिरो चासो पनि व्यक्त गर्नुभएको बताइएको छ ।
यस विषय जापान र दक्षिण कोरियाबीचको
विगत लामो समयदेखिको विवादास्पद विषयका
रुपमा रहेको थियो ।
दक्षिण कोरियाले जापानले गरेको यस गल्तीका
लागि माफी माग्नुपर्ने माग विगतदेखि नै गर्दै
आएको थियो । दोस्रो विश्वयुद्धका यी
प्रतिद्वन्द्वी राष्ट्रको सम्बन्धमा पनि यसै
विषयका कारण दरार उत्पन्न हुँदै आएको थियो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.