-->
युवाहरु भारततिर, बझाङका गाउँ खाली

पुस १३, २०७२- आइतवार
बझाङबाट महेन्द्रनगरका
लागि छुट्ने गाडी महिला र
बालबालिकाले घेरिएको थियो ।
गाडीभित्र र बाहिर भएका सबैका
आँखा रसाएका थिए । कोही एक
अर्कालाइ अंगालो हालेर रुवावासी
गरिरहेका थिए । कोही ढोगभेट
गरिरहेका थिए । ३६ जना यात्रुको
चलानी काटेको महाकाली
यातायातको गाडीभित्र बसेका सबै
यात्रु ५ वटा गाउँका थिए । १६ जना
जयपृथ्वी नगरपालीको खेइरा र बस्टी, ७
जना सुनिकोटको सेरागाँउ, र ११ जना
यात्रु कैलासको पिमी र २ जना
कोटदेवलको डुङग्रीका यात्रु भारततर्फ
जानका लागि हिंडेका थिए ।
बाहिरको भीडमा उनीहरुलाइ बिदाइ
गर्न आएका आफन्तहरु थिए ।
यसरी हुल बाँधेर अधिकाशं गाउँका
युवाहरु भारततिर रोजगारीका लागि
ओइरिन थालेपछि गाउँहरु पुरुषबिहीन
भएका छन । तिहारपछि सुरु भएको भारत
जानेको लर्काे अझै पनि रोकिएको छैन

‘मंसिर यता मात्र पाँच सय भन्दा बढी
मानिसहरु यहाँबाट भारत गैसकेका छन ।
कुनै कुनै वडामा त एक जना पनि पुरुष
भेटिदैन । कोही मर्दा लास उठाउने
मान्छेसम्म गाँउमा छैनन् ’, कैलास
गाविसका पूर्व अध्यक्ष सुरतबहादुर सिहले
भने, ‘१५ ! २० जना त परिवार र केटाकेटी
समेत लिएर हिंडेका छन ।’
भारत जानेमध्य अधिकांशले बनवासा र
केहीले गौरीफन्टा नाका प्रयोग गर्ने
गर्छन् ‘महाकाली यातायातको बसमा
यात्रा गर्ने ७५ प्रतिशत यात्रु भारत
जाने नै हुन्छन । कात्तिक देखि नै भारत
जानेको लर्काे लागेको हो’,
महाकाली यातायातको सिमखेत
काउन्टरका इन्र्चाज विनोद बमले भने ।
६५ नाघिसकेका आमाबुवालाई ९ कक्षा
पढ्ने बहिनीको जिम्मा लगाएर
भारतको बैङ्लोर हिंडेका कोटदेवल ७ का
प्रयाग रोकायाले गाँउमा काम
नपाएपछि परिवार पाल्नका लागि भए
पनि श्रीमतीसहित भारत जान लागेको
बताए । ‘खेतिपातीमा उब्जनी छैन,
बहिनी पढाउनु छ, आमाबुवाको उपचार
गर्नु छ, सबैको पेट पनि पाल्नै पऱ्यो’, उनले
भने, ‘गाँउमा काम पाइदैन भारत नगएर के
गर्नु ? ’
१३ वर्षको स्कुले छोरा र व्याउने भैसी
छिमेकीको जिम्मामा छोडेर
श्रीमतीसहित भारत हिंडेका कैलासका
कलु कामीले चामल किनेको ऋण तिर्न र
लुगाफाटो जोर्नका लागि परदेश
हिंडेको बताए । “बैसाखमा भैसी व्याउने
छ, त्यतिबेलासम्म फर्कौला’, उनले भने ।
श्रीमती र परिवारसहित गएकाहरु १/२
वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका
अधिकांस मानिसहरु जेठको खेती लगाउने
बेलासम्म घर पुगिसक्ने गर्दछन ।
भारत जानेको संख्या यकीन नभए पनि
तिहारपछि विभिन्न गाँउबाट १० हजार
भन्दा बढी मानिसहरु भारत गैसकेको
अनुमान छ । भदौदेखि परेको खडेरीका
कारण बर्खे बालीको उत्पादन घट्नु र
हिउँदे बाली पनि खडेरीको चपेटामा
परेपछि खाद्यान्नको समस्या टार्नका
लागि भारततिर हिंडेको अधिकांशको
भनाई छ । जडिबुटीको कारोवार र
यार्सागुम्बाको मूल्य घटेका कारण पनि
भारत जानेका संख्या ह्वात्तै बढेको
जानकारहरु बताउँछन् ।
बझाङबाट गएकाहरु भारतको बैंङ्लोर,
केरला, तामिलनाडु, दिल्ली, उतराञ्चल
र उत्तरप्रदेशका विभिन्न ठाउँमा गएर
कुल्ली, दरवान, र कृषि मजदुरको रुपमा
काम गर्ने गर्दछन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.