काठमाडौं, १५ पुस । प्रधानमन्त्रीको चीन
भ्रमणलाई लिएर भारतमा सनसनी मच्चिएको छ ।
पहिला भारत भ्रमण गर्ने परम्परा तोड्दै
प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएपछि
राजधानी नयाँ दिल्लीको राजनीतिक बजार
गर्माएको हो । यो खबरलाई भारतीय
मिडियाहरुले पनि प्राथमिकता दिँदै विभिन्न
खाले टिप्पणी गरेका छन् ।
उनीहरुले नेपालका प्रधानमन्त्री केपी ओलीले
भारतलाई ‘लोप्पा’ देखाएको र भारतको अपमान
गरेको लेखेका छन् । भारतीय संस्थापन पक्षको भनेर
चिनिने पत्रिका नवभारत टाइम्सले लेखेको छ- के
नेपालका प्रधानमन्त्रीले भारतको अपमान गरेका
हुन् ? पहिला चीन भ्रमणमा जाँदैछन् भनेर लेखेको छ ।
उसले विगतमा एमाओवादी अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डले भारत भ्रमणको परम्परा तोडेको
भन्दै ओलीले पनि त्यो परम्परा तोडेर भारतको
अपमान गर्नतिर लागेको लेखेको हो ।
नेपालका अधिकांश प्रधानमन्त्रीको पहिलो
विदेश भ्रमण भारत नै हुने गरेको पनि समाचारमा
उल्लेख छ । परराष्ट्रमन्त्री कमल थापाको भनाई
राख्दै समाचारमा भनिएको छ- नेपालका
प्रधानमन्त्री केपी शर्मा ओली भारतभन्दा
पहिला चीनको भ्रमण गर्दैछन् । उनी २०१६ को
पहिलो हप्ताभित्रै चीन जाँदैछन् ।
समाचार अनुसार चीनले नेपाललाई थप १४ लाख
लिटर इन्धन दिने निर्णयमा पनि असन्तुष्टि
जनाएको छ । प्रधानमन्त्रीकै भ्रमणमा चीनसँग थुप्रै
सहमति हुँदैछन् जसले भारतको बजार नेपालबाट
विस्थापित हुनेछ । त्यसकारण पनि भारत
प्रधानमन्त्री ओली चीन भ्रमण नजाउन भन्ने चाहन्छ
।दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...