१५ पुस, चितवन । नेपाली कांग्रेसका नेता डा.
शशाङ्क कोइरालाले राजनीतिक स्थिरता अहिलेको
आवश्यकता रहेको भन्दै सरकारको आलोचना गर्न नहुने
बताएका छन् । उनले सरकारको विकल्प खोज्ने बेला
नभएको पनि बताए ।
नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको
पत्रकार सम्मेलनमा नेता कोइरालाले भने,
‘अस्थिरताका कारण मुलुक पछाडि परेको छ, समय नै
नदिई सरकारको आलोचना गर्नुहुँदैन ।’
प्रधानमन्त्री केपी ओलीलाई सबैलाई मिलाएर
अहिलेको समस्या समाधान गर्दै जान उनले सुझाव
पनि दिए ।
एक अर्को प्रसङ्गमा उनले पार्टीको आउँदो
महाधिवेशनमा तीनै शीर्ष नेतालाई एकै ठाउँमा
उभ्याउनुपर्ने बताए । कांग्रेस अहिले पनि पार्टी
दुईवटा जस्तो देखिएको भन्दै उनले तीन नेता मिलेर
नयाँ नेतृत्व छान्न आग्रह गरे ।
पार्टीको १३ औँ महाधिवेशनले नयाँ अध्यायको
सुरुवात गर्ने कोइरालाले दाबीसमेत गरे । कोइराला
परिवारबाट नेतृत्व बाहिर जान नखोजेको हो ? भन्ने
पत्रकारको प्रश्नमा नेता कोइरालाले आफूलाई
पद नचाहिएको बताउँदै भने, ‘जुन दिन कार्यकर्ता र
जनताले विश्वास गर्छन् त्यस दिन मैले पार्टीको नेतृत्व
लिनेछु ।’
नेताको उमेरका विषयमा उठिरहेको सवालमा नेता
कोइरालाले राजनीतिमा उमेरको हदबन्दी राख्न नहुने
धारणा राखे । onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...