-->
लोमान्थाङका १९० घरधुरीमा २४ सैँँ घन्टा बिजुली

मुस्ताङ, १५ पुस । मुलुकमा १० घन्टा लामो
विद्युत्भार कटौती भए पनि हिमाली जिल्ला
मुस्ताङको लोमान्थाङवासीले भने त्यस्तो
समस्याको कुनै अनुभूति गर्नु परेको छैन ।
गाउँ नजिकै रहेको सोलार प्यानलबाट उनीहरुले
२४सैँ घन्टा विजुली उपभोग गर्न पाएपछि
विद्युत्भार कटौतीको कुनै समस्या झेल्न नपरेका हुन्
। गत भदौमा चीन सरकारको अनुदानमा ७०
किलोवाट क्षमताको सोलार प्यानल जडान
गरेपछि लोमान्थाङका १९० घरधुरीले २४सैँ घन्टा
बिजुली उपभोग गरिरहेका छन् ।
यसअघि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र
स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको
२९ किलोवाटको साना लघुजलविद्युत्बाट उनीहरुले
दैनिकी चलाउँदै आएका थिए । बेलुकी ६ देखि १०
बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली
उपभोग गर्दै आएका स्थानीयवासी चौबिसैँ घन्टा
उज्यालो पाएपछि हर्षित भएको गाविस सचिव
ज्ञानेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका
अनुसार नेपाल र चीन सरकारबीच भएको
सम्झौताअनुसार चीनसँग सीमा जोडिएका
जिल्लामा आवश्यकताका आधारमा शिक्षा,
स्वास्थ्य, विद्युत् र यातायातमा सहयोग गर्ने
कार्यक्रमअन्तर्गत उक्त सोलार प्यानल जडान
उपलब्ध गराएका हुन् ।
पहिला साना क्षमताको सोलार प्यानलबाट
पर्याप्त मात्रामा विद्युत् उत्पादन नहुने भए पनि
अहिले दुबै जडान हुँदा खाना पकाउन र हिटर
चलाउनसमेत पुग्ने भएको छ । जाडोयाममा २४सँै
घन्टा बिजुली उपभोग गर्न पाउनु आफूहरु
भाग्यमानी भएको एक्याप लोमान्थाङका प्रमुख
सन्तोष शेरचनले बताउनुभयो । दैनिक नेपाल डट कम बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.