-->
लेखनाथ नेपाली साहित्यका गुरु व्यक्तित्व


पुस १५
पोखरा– देशभर कवि शिरोमणि
लेखनाथ पौड्यालको १३२औँ जन्म
जयन्ती मनाउँदै गर्दा नेपाली
साहित्यका क्षेत्रमा क्रियाशील
व्यक्तित्वहरूले लेखनाथ नेपाली
साहित्यका गुरु व्यक्तित्वका रुपमा
चित्रण गरेका छन् ।
नेपाली
कविताको माध्यमिक काल र आधुनिक
कालका सेतुका रुपमा रहेका
लेखनाथको प्रेरणाबाटै नेपाली
साहित्यमा महाकवि लक्ष्मीप्रसाद
देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ,
नाट्यसम्राट बालकृष्ण सम, जनकवि
केशरी धर्मराज थापा, राष्ट्रकवि
माधव घिमिरे आदि नेपाली
साहित्यका स्थापित एवम् चर्चित
कवि तथा साहित्यकार लेखनाथकै
प्रेरणाले अघि बढेको
साहित्यकारहरूको भनाइ छ ।
साहित्यकार एवम् नेपाल सङ्गीत तथा
नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति
सरुभक्त कास्कीमा जन्मेका लेखनाथ
राष्ट्रकै गौरव भएको र नेपाली
साहित्यलाई आधुनिकतातर्फ लैजाने
प्रेरक व्यक्तित्व भएको बताउँछन् ।
“लेखनाथ नेपाली साहित्यका
अभिभावक व्यक्तित्व हुन्”, उनले भने–
“सबैले मानेका प्रेरक कवि भएकै कारण
समकालीन साहित्यकारले उनले
शिरको मणिका रुपमा चित्रण गरेका
छन् । उनलाई समकालीन साहित्यकार
एवम् राष्ट्रकै तर्फबाट २००८ सालमा
रथारोहण गराइएको हो ।
नेपाली साहित्यमा परिष्कार
भित्र्याउने कवि शिरोमणि लेखनाथ
पौड्यालले रचेका कविता शिष्ट,
परिष्कृत एवम् शास्त्रीयतावादी रहेको
नेपाली साहित्यका प्राध्यापक एवम्
विन्दुवासिनी संस्कृत विद्यापीठका
प्राचार्य अम्बिकाप्रसाद भट्टराई
बताउँछन् ।
आध्यात्मिक चेतना राष्ट्रियताको
भावनाले ओतप्रोत पौड्यालका
कविता अझै पनि उत्तिकै मार्मिक र
हृदयस्पर्शी रहेको उनको भनाइ छ । १४–
१५ वर्षको उमेरमा रानीपोखरी संस्कृत
पाठशालामा अध्ययन आरम्भ गरेको
तत्कालीन समय नै पौड्यालको
साहित्यिक जीवनको सुरुवात थियो
। त्यसको निरन्तरतास्वरूप विसं
१९६१÷६२ मा प्रकाशित ‘शृङ्गार
पच्चीसी’, ‘पिञ्जराको सुगा’, ‘तरुण
तपसी’जस्ता काव्यकृतिको रचना
गरेका थिए ।
उनले आफ्नो साहित्यिक
जीवनावधिमा कवितामात्र नभएर
‘लक्ष्मीपूजा’ ९१९९४०, ‘भतृहरिविनर्वेद’
९२०२०० जस्ता नाट्यकृतिहरूसमेत रचना
गरेका थिउ ।
नेपाली भाषा तथा साहित्यमा
स्तरीयता ल्याउने लक्ष्य राख्दै हलन्त
बहिष्कारवादी आन्दोलन चलाएका
लेखनाथले परम्परागत तथा आधुनिक दुवै
किसिमका विषयवस्तुको प्रयोग गर्दै
विभिन्न काव्यकृतिको रचना गरेका
पौड्यालका काव्यकृतिमा
आध्यात्मिकता, मानवतावाद, प्रकृति
प्रेम, संस्कृति, राष्ट्रियता,
सामाजिकतालगायतका भाव पाइने
प्राध्यापक भट्टराईको भनाइ छ ।
नेपालीमा भाषा र साहित्यमा अमूल्य
योगदान पु¥याएका लेखनाथ पौड्याल
नेपाली काव्यपरम्पराका आधुनिक
युगका निर्माता भएको बताउने
साहित्यकार तीर्थ श्रेष्ठले पौड्याल
समकालीन साहित्यको शिखर
व्यक्तित्व भएको बताए ।
पौड्यालका कवितामा राष्ट्रवादी
भावना ओतप्रोत भएको बताउँदै श्रेष्ठले
भने– “केही समालोचकले उनलाई
सामन्ती पक्षधर भनी आरोप लगाएको
पनि पाइन्छ । तर पौड्यालले सधैँ गरिब र
निमुखा वर्गका विषयलाई नै आफ्ना
कवितामा समेटेका छन् ।”
कविताका लघु, मध्यम र बृहत्रूप अर्थात्
लघुरूप फुकटर कवितादेखि लिएर मध्यमरूप
खण्डकाव्य र बृहत्रूप महाकाव्यसम्मको
रचना गरी पौड्यालले नेपाली
साहित्यमा ठूलो भूमिका निर्वाह
गरेका नेपाली साहित्यका अध्येताहरू
बताउँछन् ।
नेपाली साहित्यका अनुसन्धाता
उपेन्द्र सुवेदी नेपाली भाषाको समुन्नत
विकास गर्ने उद्देश्यले पौड्यालले कैयौँ
संस्कृत भाषाका रचनाहरू अनुवादका
माध्यमबाट नेपाली भाषामा
भित्र्याएको र नेपाली भाषाको
स्तरीयता बढाउनका लागि हलन्त
बहिष्कारजस्तो आन्दोलनको सूत्रपात
गरेको बताउँछन् ।
कविता साहित्यका अतिरिक्त
पौड्यालले नाट्य साहित्यको फाँटमा
पनि कलम चलाएर नेपाली नाटकमा
माध्यमिककालीन शृङ्गारिकता र
अनुवाद रूपान्तरणका परिधिबाट अघि
बढेको उनको भनाइ छ ।
पौड्यालले पूर्वीय संस्कृत नाट्य
ढाँचाअन्तर्गत नै सामाजिक सन्दर्भ
तथा शान्त रसका आध्यात्मिक चेततर्फ
र मौलिकता एवम् परिष्कृतितर्फ डो
¥याउने काम गरेका कारण नेपाली
साहित्यमा पौड्यालको स्थान सधैँ
उचो रहने उनले बताए ।
पौड्यालका लालित्य कविता सङ्ग्रह
प्रथम भाग ९२०१०० र द्वितीय भाग
९२०२५० मा केही फुटकर कविताहरू सङ्ग्रह
भए तापनि लेखनाथका कैयौँ फुटकर
कविता छरलिएको पाइन्छ ।
विसं १९६१÷६२ मा ‘शृङ्गारिपच्चीसी’ र
‘मानसाकर्षिणी’ नामक दुई फुटकर
कविताका माध्यमबाट नेपाली
साहित्यमा प्रवेश गरेका लेखनाथ फुटकर
कविताकै माध्यमबाट चर्चित बनेका
थिउ ।
लेखनाथका ‘ऋतुविचार’,
‘बुद्धिविनोद’, ‘सत्यकली संवाद’,
‘गीताञ्जलि’, ‘मेरो राम’, ‘अमर
ज्योतिको सत्यस्मृति’ जस्ता
विभिन्न खण्डकाव्य रहेका छन् ।
पौड्यालले महाकाव्यको नै रचना नगरे
पनि महाकाव्य समकक्षी ‘तरुण
तपसी’को रचना गरेका छन् । लेखनको
दीर्घसाधनाबाट प्राप्त ‘तरुण तपसी’
९२०१०० का आधारमा पनि उनलाई
महाकाव्यकारका रूपमा समेत चिन्न
सकिन्छ । उनले आफ्नो जीवनको
उत्तराद्र्धमा महाकाव्य नै भनी गङ्गा
गौरीको लेखन कार्य प्रारम्भ गरेकामा
त्यो पूरा हुन सकेको थिएन ।
अपूर्ण रूपमा नै रहेको भए तापनि विसं
२०६१ मा ‘गङ्गागौरी’को प्रकाशन
भइसकेको छ । ‘लक्ष्मीपूजा’ ९१९९४०,
‘भतृहरिविनर्वेद’ ९२०२०० जस्ता नाटक
रचना गरेका पौड्यालले ‘पञ्चतन्त्र’
९२००४०, सङ्क्षिप्त
‘श्रीमद्भागवद्गीतासार’ ९१९७५०,
अभिज्ञान ‘शाकुन्तल’जस्ता अनुवादित
कृतिको अनुवाद पनि गरेका थिए । रातो पाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.