-->
चीनले भन्यो- नेपाललाई हामी आफ्नो नजिकको बनाउन चाहन्छौं....


परराष्ट्रमन्त्री थापाले चिनियाँ
उपराष्ट्रपतिलाई भेट्ने

काठमाडौं, ९ पुस । उत्तरी छिमेकी चीनले
नेपाललाई आफ्नो नजिकको मित्र बनाउन चाँहेको
बताएको छ ।
चीन र नेपालबीचको दौत्य सम्बन्ध स्थापनाको ६०
औं वर्ष प्रवेशका अवसरमा उपप्रधान तथा
परराष्ट्रमन्त्री कमल थापाको भ्रमणलाई लिएर
उत्साहित चीनले हालको सम्बन्धलाई अझै
नजिकको बनाउन यो भ्रमणले भुमिका खेल्ने
विश्वास गरेको छ ।
विहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता
होङ लीले नियमित पत्रकार सम्मेलनमा नेपालमा
नयाँ सरकार बनेपछि सबैभन्दा माथिल्लोस्तरको
भ्रमण भएको भन्दै दुवै सरकारले यसलाई उच्च महत्व
दिएको बताए ।
उनले यो महत्वपूर्ण भ्रमणका बेला चिनियाँ
उपराष्ट्रपति ली युआन्चाओसँग नेपालका
परराष्ट्रमन्त्री थापाको भेटवार्ता निश्चित
भइसकेको बताए ।
प्रवक्ता होङले भन्छन्- ‘चीन र नेपालबीचको दौत्य
सम्वन्ध स्थापनाको ६० औं वर्ष प्रवेशका अवसरमा
भ्रमण हुन लागेकाले पनि यसको महत्व बढेको छ ।
भ्रमणका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको
विकास, सिमा क्षेत्रमा व्यवहारिक समन्वयका
साथै द्विपक्षिय सम्वन्धको विकासका लागि
विचार आदान प्रदान हुने छ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.