यी हुन् राष्ट्रपतिले दर्शन गरिसकेपछि जानकी मन्दिर
तोडफोड गर्ने मुख्य ‘नाइके’ महिला
जनकपुर, ९ पुस । राष्ट्रपति विद्या भण्डारीको
भ्रमणका क्रममा जानकी मन्दिरमा तोडफोड गर्ने
एक जना मुख्य अभियुक्त प्रहरी फन्दामा परेका छन् ।
ती अभियुक्त महिला हुन् । गत पुस १ गते विवाह
पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारी जानकी
मन्दिरमा दर्शन गर्न आएका बेला उनकै नेतृत्वमा
मन्दिरको गर्भ गृहमा पुगेर लात्ताले हान्नुका साथै
तोडफोड भएको प्रहरीले जनाएको छ ।
तोडफोड संलग्न भएको आरोपमा प्रहरीले जनकपुर ४
थापा चोककी ४० वर्षीय शिला देवीलाई
प्रहरीले पक्राउ गरेको हो । उनकै नेतृत्वमा एक हुलले
मन्दिरमा प्रवेश गरी तोडफोड गरेको प्रहरी
अनुसन्धानमा खुलेको छ ।
उनलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत
मुद्धा दर्ता गरी कानुनी कारवाही प्रकृया अघि
बढाइएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी नकुल
पोखरेलले बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...