ट्रान्सर्फमर खोज्दै उर्जामन्त्री मर्मत केन्द्रमा
पुगेपछि …
९ पुस, काठमाडौं । भारतीय नाकाबन्दीले ग्यास
अभाव भएपछि धेरैले घरमा इन्डक्सन चुलो प्रयोग गरेका
छन् । तर, विद्युतको भार धान्न नसकेपछि ट्रान्सर्फमरहरु
पडि्कएर हैरान भएको छ ।
पाँच सयभन्दा बढी ट्रान्सर्फमर पडि्दा सरकारलाई
३५ करोड रुपैयाँ नोक्सानी भइसकेको छ । विभिन्न
समयमा पडि्कएका ट्रान्सर्फमरहरु लैनचौरस्थित नेपाल
विद्युत प्राधिकरणको मर्मत केन्द्रमा राखिएको छ ।
बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी
पडि्कएका ट्रान्सर्फमरको अवलोकन गर्न लैनचौरस्थित
प्राधिकरणको मर्मतकेन्द्रमा पुगेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...