-->
विमानस्थलबाटै पुन: श्रम स्वीकृति दिइने


काठमाडौं—व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका
कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै
आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम
स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको
प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत मङ्सिर २४ गते
पारित गरेको 'तत्काल सुधार कार्ययोजना' मा छ
महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः
श्रम स्वीकृति दिने व्यवस्था मिलाइने उल्लेख छ।
न्यून लागतमा कामदार पठाउन प्रमुख गन्तव्य मुलुकसँग
तीन महिनाभित्रै श्रम सम्झौता गर्ने, निःशुल्क
टिकट र प्रवेशाज्ञाको व्यवस्थाअनुरुप काम भए-
नभएको अनुगमन गरिने कार्ययोजनामा उल्लेख छ।
स्तरोन्नत्तियुक्त एकीकृत वैदेशिक रोजगार सूचना
प्रणाली लागू गरी वैदेशिक रोजगारमा जाने
आउनेको विवरण छ महिनाभित्र अभिलेखिकरण
गरिसक्ने कार्ययोजनामा छ।
नेपालको विदेशस्थित नियोगले नेपाली कामदार
तथा नेपाली नागरिकलाई पुर्यारउने सेवा, सुविधा
अझ सहज तथा प्रभावकारी बनाउन, वैदेशिक
रोजगारीमा मृत्यु भएका कामदारका परिवारले
पाउने सहयोग रकम समयमै दिलाउन परराष्ट्र मन्त्रालय
र श्रम तथा रोजगार मन्त्रालयले समन्वय गरी कार्य
गर्ने पनि कार्ययोजनामा उल्लेख छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.