-->
मधेसको समस्या छिटो समाधान गर्नुपर्छ: श्रेष्ठ, मन्त्रालय टुक्रयाउने ओली सरकारको निर्णय गलत...

विराटनगर, ११ पुस । एकीकृत नेकपा
(माओवादी)का उपाध्यक्ष नारायणकाजी
श्रेष्ठले मधेसको समस्या छिटोभन्दा छिटो
समाधानका लागि पार्टी गहन रुपमा लागेको
बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा आज
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले
यसका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच
आपसी सहमति आवश्यक रहेको धारणा प्रकट
गर्नुभयो । उहाँले थारु र मधेसी मोर्चाको
आन्दोलन राजनीतिक आन्दोलन रहेको र यसलाई
राजनीतिक रुपमा समाधान गर्नुपर्दछ भन्नुभयो ।
नेता श्रेष्ठले मोर्चाको ११ बुँदे मागअन्तर्गत
मुख्यतयाः तीन वटा विषयमा मौलिक हकअन्तर्गत
समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा
निर्वाचन क्षेत्र पुनरवलोकनको मागलाई संविधान
संशोधनको विधेयकको भाषा परिमार्जन गरी पूरा
गरिने र सीमाङ्कनका सम्बन्धमा राजनीतिक
समिति बनाएर समाधान गर्न सकिने बताउनुभयो ।
उहाँले नाकाबन्दीका कारण उत्पन्न सङ्कटलाई
अन्त्य गर्न पहल गर्नुपर्ने र भूकम्पपछि नवनिर्माण
कार्य र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा
तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्रालय
टुक्रयाउने र मन्त्री थप्ने विषयमा पार्टीको
असहमति रहेको उहाँले बताउनुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.