-->
होटलमा युवती बन्धक बनाउने कार्यमा संलग्न तीन पक्राउ


पुस १५
झापा– मानव बेचबिखन तथा शरीर
बन्धक बनाउने कार्यमा संलग्न
तीनजनालाई प्रहरीले झापाको
शनिअर्जुन नगरपालिकाबाट पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा इटहरी नगरपालिका–३
निवासी १८ वर्षीय मनिष कार्की,
मोरङको ववियाविर्ता – ९
निवासी २३ वर्षीय दीपक ऋषिदेव र
ललितपुर उपमहानगरपालिका – १४
निवासी २३ वर्षीय दीपक कार्की
रहेको इलाका प्रहरी कार्यालय
बिर्तामोडले जनाएको छ ।
शनिअर्जुन नगरपालिका – ९ स्थित
ओसिम होटल एण्ड लजको १०२ नं
कोठामा एक युवतीलाई बन्धक बनाई
राखेको गोप्य सूचनाको आधारमा
छापा मारी युवतीको उद्धार गरेको
प्रहरीले जनाएको छ ।
युवतीलाई बन्धक बनाउने कार्यक्रममा
संलग्न होटल सञ्चालकसमेत रहेका मनिष
र सोही होटलमा काम गर्ने अन्य
दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको
इप्रका, बिर्तामोडका डिएसपी
खड्गबहादुर खत्रीले जानकारी दिए ।
पक्राउ परेका तीनैजनालाई मानव
बेचबिखन तथा शरीर बन्धकसम्बन्धी
मुद्दामा म्याद थप गरी कारबाही
अघि बढाएको बताइएको छ ।
बन्धक बनाइएकी युवतीको प्रहरीले दुई
दिनअघि उद्धार गरेको जनाइएको छ ।
युवतीको शरीर बन्धक बनाउन संलग्न
सबैलाई पक्राउ गरेपछि मात्र
उनीहरुलाई आज प्रहरीले सार्वजनिक
गरेको छ ।रातो पाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.