-->
पोखरामा सेलिब्रेटी फेसन शो



पुस १४, २०७२-
लेकसाइडस्थित अतिथि रिसोर्ट परिसर गत
साता झकिझकाउ थियो । र्याम्पमा उत्रिन
राजधानीदेखि चर्चित सेलिब्रेटीहरू आइपुगेका
थिए । आकर्षक तवरले सजाइएको स्टेजमा साँझ
परेपछि संगीतको धुन गुन्जन थाल्यो । भिआइपी
अतिथीहरू र्याम्प शोको मजा लिन व्यग्र
प्रतीक्षामा थिए । त्यो प्रतीक्षालाई चिर्दै
शुभेच्छा खड्का तथा कर्ट सालभाडोरले जब
कार्यक्रम प्रारम्भ भएको उद्घोष गरे अनि सबैको
ध्यान स्टेजतर्फ खिचियो । मिरर गु्रपले
आयोजना गरेको द शो सिजन–२ फेसन शोमा
मिस नेपाल–२०११ मलिना जोशीदेखि मिस
नेपाल फस्र्ट रनर्सअप नगमा श्रेष्ठ, किङ फिसर
क्यालेन्डर–२०१४ की आस्था पोखरेल, नायिका
माला लिम्बू, भलिबल खेलाडी सिपोरा गुरुङ
तथा वरुण राणाले र्याम्प तताए। अघिल्लो वर्ष
पनि यस्तै सेलिब्रेटीको जमघट गराएर
पोखरामा फेसन शो सम्पन्न गरिएको थियो ।
डिजाइनर तथा मोडल अमित बराल, मनिस
राई, सोनु श्रेष्ठ तथा खुस्बु रानाले तयार
पारेका पहिरनमा उनीहरूले क्याटवाक गरेका
थिए । फेसन शोको बीच–बीचमा
कार्यक्रमलाई फरक स्वाद दिन अतिथि
कलाकारहरूले नृत्य तथा गीत प्रस्तुत गरे । राति
अबेरसम्म चलेको फेसन शो डिजे कोन्मेको
संगीतमा डान्स पार्टीमा परिणत भएको
थियो ।ekantipur बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.