आँधीबाट अमेरिकामा ४० भन्दा बढीको मृत्यु, सयौं घरवारबिहिन
होस्टोन (संयुक्तराज्य अमेरिका), १३ पुस ।
दक्षिणी अमेरिकी राज्यमा आएको आँधी र
बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा
बढी पुगेको जनाइएको छ ।
सरकारी अधिकारीहरुले सोमबार सो जानकारी
दिएका छन् । यस आँधीले टेक्सासको दल्लास्को
क्षेत्रमा सप्ताहन्त्य सम्ममा कम्तीमा ११ जना
व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
प्रतिघण्टा कम्तीमा पनि ३०० किलोमिटरको
बेगमा सो आँधी आएको समाचारमा बताइएको छ
।
यस घटनामा मारिएकामा आँधीका कारण सडक
दुर्घटनामा परेर मारिएका जनाइएको छ । यस आँधी
र बाढीमा परी कम्तीमा ४० जना घाइते भएका
पनि अधिकारीहरुले पुष्टि गरेका छन् । आँधीबाट
सैयौ घरबार विहिन भएका छन् ।
आइतबार त्यहाँ आँधीको चेतावनी दिइएको त छैन ।
तर पनि मौसमविज्ञान सम्बन्धी निकायले सतर्क
रहन सबैलाई सूचित गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...