आज पनि मधेसी मोर्चालाई बेवास्ता गर्दै सदन चल्ने,
सैद्धान्तिक छलफल यथावत
काठमाडौं, १४ पुस । संविधान संशोधनको
विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको
व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ ।
दिउँसो एक बजे नयाँबानेश्वरस्थित वीरेन्द्र
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान
संशोधनको विधेयकमाथिको जारी सैद्धान्तिक
छलफल यथावत रहने स्रोतले जनाएको छ ।
संशोधन प्रस्तावमा सोमबार एमाले र
एमाओवादीका एक एक जना सांसदले सैद्धान्तिक
छलफलमा भाग लिएका थिए । आजको बैठकमा
कांग्रेससहितका दलहरुले भाग लिने छन् ।
उता, संविधान संशोधनमा असहमति जनाउँदै आएको
मधेसी मोर्चाले आज पनि सदनमा अबरोध गर्नेछ ।
अबरोधका बीच सोमबार सदन चलेको थियो ।
नारावाजी र सदन घेरा उर्दै आएको मधेसी मोर्चाको
प्रदर्शनको बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीले सदन
चलाउने गर्नुभएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...