अनुबन्ध गरेको केही घण्टामै बार्सिलोनाद्वारा खेलाडी बर्खास्त
पुस १४
बार्सिलोना — बार्सिलोनाजस्तो
क्लबमा आबद्ध हुनु जुन सुकै फुटबल
खेलाडीको सपना हुन्छ । तर, एक जना
खेलाडी भने बार्सिलोनासँग अनुबन्ध
भएको केही घण्टाभित्र नै बर्खास्त भएका
छन् ।
२४ वर्षीय फरवार्ड सर्जी ग्वार्डिओला
सोमबार बार्सिलोनाको रिजर्भ
टोली बार्सिलोना बीका लागि
अनुबन्धित भए । तर, क्लबका
अधिकारीहरुले ग्वार्डिओलाले दुई
वर्षअघि बार्सा र काटालोनियाबारे
गरेको आपत्तिजनक ट्वीटको बारेमा
थाहा पाए र उनलाई बर्खास्त गरे ।
स्पेनिस पत्रिका मार्काका अनुसार
बार्सासँग अनुबन्धित भएको केही
घण्टामा उनको करार भंग गरिएको
थियो । उनले रियल म्याड्रिडको समर्थन
गर्दै बार्साविरुद्ध ट्वीट गरेको त्यहाँ
उल्लेख छ ।
ग्वार्डिओला यस सिजन म्याड्रिडमा
रहेको दोस्रो श्रेणीको क्लब
एल्र्कोकोनसँग अनुबन्धित थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...