बलिउड नायक साहरुख खानलाई बक्स अफिस किङ
पनि भनिन्छ । साहरुखका चलचित्रले भारतमा त
राम्रो व्यापार गर्छन् नै, उनको क्रेज भारत बाहिर
पनि उस्तै छ । यसैले उनका चलचित्रले ओभरसिजमा पनि
ब्लकबष्टरको व्यापार गर्छन् ।
डिसेम्बर १८ बाट प्रदर्शनमा आएको साहरुख खान
अभिनित तथा निर्मित चलचित्र ‘दिलवाले’ अहिले
यही रफ्तारमा दौडिएको छ । प्रदर्शन भएकै दिन
भारतका विभिन्न मुख्य शहरमा यो चलचित्रको शो
रोकिएको थियो । आन्दोलन र अर्को चलचित्र
‘बाजिराव मस्तानी’सँग जुध्नु परेका कारण
‘दिलवाले’ कम हलमै खुम्चिएको थियो । चलचित्र चल्नु
अगाडि नै यसलाई बहिष्कार गर्नुपर्छ भन्ने अभियान नै
चलेको थियो, जसले व्यापारमा केही असर पुर्याएको
थियो । यसैले पनि चलचित्रको व्यापार भारतमा
सोचेजस्तो भएको छैन ।
दोश्रो आइतबार ७.७५ करोडको व्यापार गर्दै साहरुख
र काजोल अभिनित यो चलचित्रले १२५.२७ करोडको
व्यापार भारतमा गरेको छ । यो सँगै साहरुखका ६
वटा चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन् । यो
चलचित्रले भारत बाहिर भने आक्रामक व्यापार
गरिरहेको छ । दोश्रो शनिबारसम्म चलचित्रको
व्यापार १ सय १० करोड पुगेको छ । यूएई र बेलायतमा
यो चलचित्रको व्यापार सर्वाधिक धेरै छ । विश्वका
अन्य विभिन्न देशमा अझै पनि यो चलचित्र
प्रदर्शनमा नआएकाले, व्यापारिक आँकडा माथि पुग्ने
विश्वास गरिएको छ ।
दोश्रो सातामा १५ सय हलमा खुम्चिनु परेपनि यसले
४ दिनको क्रिसमस बिदालाई राम्रैसँग सदुपयोग
गरेको छ । चलचित्रले विश्वभरबाट १० दिनमा २ सय ३५
करोड नेट कमाई गरेको छ । भारतमा यो चलचित्रको
भन्दा संजयलिला भन्साली निर्देशित चलचित्र
‘बाजिराव मस्तानी’को हल धेरै छ । मल्टिप्लेक्समा
सकारात्मक माउथ पब्लिसिटीका कारण रणवीर
सिंह, दीपिका पादुकोण र प्रियंका चोपडा
अभिनित यो चलचित्रले राम्रो व्यापार गरिरहेको
छ ।
‘बाजिराव मस्तानी’ले दोश्रो आइतबार ११.७५
करोडको व्यापार गर्दै भारतमा १ सय २० करोडको नेट
कलेक्शन गरेको छ । यसले ‘दिलवाले’को कमाईलाई केही
दिनमै उछिन्ने छ । तर, ओभरसिजमा ‘दिलवाले’को
भन्दा बढी हल पाएको ‘बाजिराव मस्तानी’ले ५०
करोड कमाइका लागि संघर्ष गरिरहेको छ । यो
चलचित्रले शनिबारसम्म ४४ करोडको कमाई
ओभरसिजमा गरेको छ । विश्वभरबाट यो चलचित्रले १
सय ६४ करोडको कमाई गरेको छ । अर्को सातापनि
कुनै चलचित्र प्रदर्शनमा नआउने भएकाले दुबै चलचित्रलाई
नयाँ बर्षको फाइदा मिल्नेछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...