-->
जनकपुरमा ३ पत्रकारसहित १५ जना पक्राऊ, आधा दर्जन सवारी साधन तोडफोड

१३ पुस, जनकपुरधाम । निरन्तर पाँच महिनादेखि
आन्दोलनरत मधेस केन्द्रित दलको आन्दोलन पछिल्लो
दुई दिनदेखि पुनः उग्र बनेको छ । सदभावना
पार्टीर्का अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले
गरेको लाठीचार्ज विरुद्ध जनकपुरमा भइरहेको प्रदर्शन
उग्र बनेको छ ।
संयुक्त लोतान्त्रिक मधेसी मोर्चा सहित मधेस
केन्द्रित दल तथा संघसंगठनले जानकी प्रहरी चौकीमा
पेट्रोल बम प्रहार गरेका छन् । चौकीमा बम प्रहार
भएपछि प्रहरीले आधा दर्जन सेल अश्रुग्यास फायर
गरेपछि प्रहरी र आन्दोलनकारीहरु बीचको झडप झन्
आक्रामक बनेको छ । आन्दोलनकारी र प्रहरी एक
अर्का बीच ढुंगामुडा गरिरहेका छन् । जसको कारण
यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीको
आक्रमणबाट एक जना आन्दोलनकारी गम्भिर घाइते
भएका छन् । बेनेको हो ।
पत्रकार पक्राऊ
प्रहरी र आन्दोलनकारी बीचको अवस्था असामान्य
बन्दै गएपछि घटनास्थलमा पुगेका तीन संचारकर्मीलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । अभिलाप
दैनिकका रामहृदय यादव, अप्पन टिभीका राकेश
मिश्र र रिकी साहलाई प्रहरीले नियन्त्रणमा
लिएको जनाइएको छ । महतोमाथिको आक्रमण
विरुद्ध आन्दोलनमा उत्रेका १२ प्रदर्शनकारीलाई
पनि प्रहरीले पक्राउ गरेको छ ।
मोर्चा र मधेस क्रान्ति संघर्ष समितिले जनकपुर-ढल्केवर
सडक खण्डको लक्ष्मीनियाँमा प्रदर्शन गर्दै एक दर्जन
सवारीसाधन तोडफेाड गरेको छ । बन्दको अवज्ञा
गरेको भन्दै आन्दोलनकारीहरुले ज ४ प ७०८८, ज ४ प
६८४५, ज ५ प २८१३, ना ३२ प ८४३१ नम्बर सहित एक दर्जन
भन्दा बढी सवारीसाधन तोडफोड गरेका हुन् । अन्य
सवारीसाधानको नम्बर खुल्न सकेको छैन ।
उनीहरुलाई अविलम्ब रिहा गर्नुपर्ने माग गर्दै संयुक्त
लोकतान्त्रिक माधेसी मोर्चा सहित मधेस केन्द्रीत
दलहरु विहानैदेखि जनकपुरमा प्रर्दशन गर्दै छन् ।
प्रदर्शनको कारण जनकपुर बजार, शिक्षण संस्था,
कलकारखाना,उद्योग यातायात पूर्णरुपमा ठप्प छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.